• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली

by
२० साउन २०८०,
0
राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक देशले राष्ट्रिय हितको पक्षमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । सार्वभौम समाजमा पारस्परिक लाभ र पारस्परिक सम्मान गर्नुपर्ने उल्लेख गर्दै उहाँले यही पारस्परिक लाभ र सम्मान नहेरिकन राष्ट्रिय हितको मात्रै पक्षपोषण गरियो भने त्यो अन्यायपूर्ण हुने उल्लेख गर्नुभयो । नेकपा (एमाले) को परराष्ट्र मामिला विभागले यहाँ आज आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी नेकपा (एमाले) को धारणा’ कार्यक्रममा अध्यक्ष ओलीले निषेधको नीतिले सकारात्मक परिणाम आउन नसक्ने बताउनुभयो ।

“हरेक देशको आफ्नै प्रकारको विदेश नीति हुन्छ, अवस्था कस्तो छ, स्तर कस्तो छ ? नीतिले निर्धारण गर्दछ, यी सबै पक्षलाई विचार गरेर आज हाम्रो देशको हामीले अपनाउनुपर्ने विदेशी नीति, परराष्ट्र सम्पन्न कसरी अगाडि बढाउने भन्ने कुरा विभिन्न पृष्ठभूमिमा निर्धारित हुन्छ”, उहाँले भन्नुभयो । आन्तरिक र बाह्य सम्बन्धमा दृष्टिकोण बनाउन तथा नीति प्रस्तुत गर्न नेपाल स्वतन्त्र रहेको अध्यक्ष ओलीको भनाइ थियो । उहाँले भारतले दार्चुलाको लिम्पियाधुरामा महाकाली नदीलाई सिमाना नमानेर जिद्धी गरिरहेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “लिम्पियाधुरा भएर बग्ने महाकाली नदीलाई नेपाल र भारतको सिमाना मान्नुपर्नेमा लिपुलेक भएर बग्ने सानो कुलोलाई सीमा भनेर अर्घेल्याइँ गरिरहेको छ, कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याइँ हो ।

हाम्रो दाबी छाड्नु हुँदैन ।” अध्यक्ष ओलीले कालापानीमा भारतले ६१ वर्षअघि कुनै सम्झौता वा कुनै जानकारी नदिइकन एकतर्फीरुपमा आफ्नो सेना ल्याएर राखेको उल्लेख गर्दै नेपाल सरकारले लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गर्न नहुने बताउनुभयो । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन आफैँले बुझ्ने तयारीका क्रममा सरकार छाड्नुपरेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “इपीजी प्रतिवेदन नबुझ्ने भन्ने थिएन, तर मिति मात्रै तोकिएको थिएन, पछि मैले बीचमै सरकार छाड्नुप¥यो ।” इपीजी प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि भारतीय प्रधानमन्त्रीले समय नदिएका कारण उक्त प्रतिवेदन हालसम्म सार्वजनिक नभएको उहाँको आरोप छ ।

अध्यक्ष ओलीले भन्नुभयो, “हाम्रो देश कुनै पनि सैनिक गुटमा सामेल हुँदैन, सैनिक गुटमा प्रत्यक्ष वा परोक्ष कुनै पनि हिसाबले हामी सामेल हुँदैनौँ, हाम्रो भूमिमा कुनै पनि बाह्य सैनिक आउँदैन, हाम्रो भूमिमा कुनै पनि देशको सैनिक स्थापित हुन दिँदैनौँ ।” अध्यक्ष ओलीले अत्यन्त सन्तुलित र सम्यमित ढङ्गले कुनै पनि देशसँग नलागीकन, कसैप्रति अनावश्यक निकटता र कसैप्रति पनि अनावश्यक दूरी बढाउन वा कायम गर्नेतिर लाग्न नहुने बताउनुभयो । “हामीले हाम्रा छिमेकीसँग मित्रतापूर्ण ढङ्गले र स्पष्ट ढङ्गले हाम्रा न्यायोचित हितको सन्दर्भमा स्पष्ट दृष्टिकोण पेस गर्नुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो । भारत र चीन दुई मित्र राष्ट्र भएकाले दुवैसँग खुलस्त कुरा राखेर आपसी समस्यालाई समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Previous Post

मिर्चैया नगरपालिकाद्वारा किसानलाई एक सय बाख्रा वितरण

Next Post

ईयूको नियम अनुकुल सेवा सुधार गर्ने टिकटकको घोषणा

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
ईयूको नियम अनुकुल सेवा सुधार गर्ने टिकटकको घोषणा

ईयूको नियम अनुकुल सेवा सुधार गर्ने टिकटकको घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In