काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर हत्याकाण्ड पीडित संघर्ष समितिलाई वार्ताका लागि बोलाएका छन् ।
प्रधानमन्त्री दाहालले गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै अनसनरत समितिका संयोजक रुपसागर देवी उपाध्यायलाई आन्दोलनको कार्यक्रम फिर्ता गरेर वार्तामा आउन आग्रह गरेका हुन् ।
वार्ताका लागि शनिबारको समय तय गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
सचिवालयले भनेको छ,‘संयोजक रुपसागर देवी उपाध्यायलाई वार्ताका लागि आग्रहपत्र पठाएको छ । आग्रह पत्रमा संघर्ष समितिको आन्दोलनबारे सरकारको ध्यानआर्काषण भएको छ ।’
पीडितको मागबारे वार्ता संवादका माध्यमबाट तत्काल समाधान गर्न आग्रह गरिएको हो ।













