• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश

    भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध

    अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निःशुल्क उपचार गरिएका बिरामीको विवरण देखिने गरी टाँस्न मन्त्रालयको निर्देशन

by
१७ साउन २०८०,
0
निःशुल्क उपचार गरिएका बिरामीको विवरण देखिने गरी टाँस्न मन्त्रालयको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार गरिएका बिरामीको विवरण देखिने ठाउँमा टाँस्न निर्देशन दिएको छ ।

मन्त्रालयका सहसचिव डा मदनकुमार उपाध्यायले सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी गर्दै कूल शय्याको १० प्रतिशत निःशुल्क गरिएका बिरामीको अभिलेख विवरण सार्वजनिकरूपमा देखिने गरी जानकारी दिन, टाँस्न तथा विद्युतीय बोर्डमा डिस्प्ले गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ र स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० ९घ० बमोजिम अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्ट्याई निःशुल्क उपचार अनिवार्य गराउन पटकपटक परिपत्र दिइसकेको जनाएको छ ।

यस्तै मन्त्रालयले निजी तथा सामुदायिक र निजी मेडिकल कलेजलाई आफ्नो वर्गीकरणअनुसार सेवा प्रवाह गरे नगरेको जानकारी गराउन आग्रह गरेको छ ।

यसैगरी मन्त्रालयले सङ्घीय अस्पताल, मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आफूले उपलब्ध गराउने सम्पूर्ण सेवा सुविधाको विद्यमान सेवा शुल्क विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

आवश्यकताअनुसार ज्वरो क्लिनिकल गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबै अस्पताललाई डेङ्गी सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ ।

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गीका सङ्क्रमण बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई परिपत्र जारी गर्दै डेङ्गी रोगको निदान र उपचार व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

“दैनिक डेङ्गी सङ्क्रमण बढिरहेको छ । सङ्घअन्तर्गतका अस्पताल र प्रतिष्ठानलाई डेङ्गी रोग रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न निर्देशन दिएका छौं”, उनले भने । उनले डेङ्गी रोगको निदान, उपचार र व्यवस्थापन गर्नका लागि ती अस्पताल र प्रतिष्ठानलाई परिपत्र जारी गर्दै छ बुँदे निर्देशन दिएका हुन् ।

परिपत्रमा डेङ्गी रोगको निदान तथा उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेङ्गी रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेङ्गी रोकथाम तथा नियन्त्रण कार्ययोजनाअनुसार कार्य गर्न तथा डेङ्गी रोगको निदानका लागि आवश्यक कीटको सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ ।

यस्तै डेङ्गी रोगका बिरामी बढिरहेको अवस्थामा आवश्यकताअनुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न उनले ती अस्पताललाई निर्देशन दिएका हुन् । अस्पतालमा डेङ्गी रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गरिने उनको भनाइ छ । बिरामीको मृत्यु भएको अवस्थामा प्रमाणीकरण गरेर मात्र प्रतिवेदन तयार गर्न, बिरामीको विवरण नियमितरूपमा सफ्टवेयरमा राखी प्रतिवेदन तयार पार्नेलगायतका काम गर्न निर्देशन दिएका छन् ।

अहिले पाँच हजार छ सय ८८ जनामा डेङ्गीको सङ्क्रमण र चार जनाको निधन भएको छ । महाशाखाले अहिलेको अवस्थामा डेङ्गी सङ्क्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढिरहेको बताए ।

डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भाले वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ ।

कार्ययोजनामा यस्तै लामखुट्टैको लार्भा खोज तथा नष्ट गर्ने अभियान र जनस्तरसम्म डेङ्गी रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ । यसैगरी डेङ्गी नियन्त्रणका लागि महाशाखाले घरदैलो कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।

यसैगरी जोखिम नक्साङ्कन तथा हट–स्पट पहिचान गर्ने, डेङ्गी सेरोटाइपको पहिचान, लामखुट्टेमा डेङ्गी भाइरसको आइसोलेसन गर्नेसमेत कार्ययोजनमा उल्लेख गरिएको छ । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो ।

मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ ।

Previous Post

‘नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्त्वपूर्ण साझेदार’

Next Post

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही

सम्बन्धित खबर

भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश
अन्तर्राष्ट्रिय

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

४ भदौ २०८३,
सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान
समाचार

सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

४ भदौ २०८३,
न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस
फिचर-ब्यानर

न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

४ भदौ २०८३,
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
आवाज

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

४ भदौ २०८३,
चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा
फिचर-ब्यानर

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

४ भदौ २०८३,
व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध
आर्थिक

अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

४ भदौ २०८३,
Load More
Next Post
नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In