१. गौतम बुद्धको जन्म कहिले भएको थियो ?
– ईशापूर्व ।
२. रु. १००० को नाटमा चित्र राखिएका जुम्ल्याहा हात्ती राम लक्ष्मण कुन राष्ट्रिय निकुञ्जका हुन् ?
– चितवन राष्ट्रिय निकुञ्ज ।
३. नेपालको कुन महानगरपालिकालाइ हस्तकला नगरी घोषणा गरिएको छ ?
– ललितपुर ।
४. प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदान गर्न कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?
– १८ वर्ष ।
५. विश्वको सर्वाेच्च शिखर सगरमाथाको सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही कामीरिता शेर्पाले हालसम्म कतिपटक सफल आरोहण गरिसकेका छन् ?
– २५ पटक ।
६. ओलम्पिक झण्डामा भएको कालो रङले कुन महादेशको प्रतिनिधित्व गर्दछ ?
– अफ्रिका ।
७. विश्व मानव अधिकार दिवस हरेक वर्ष कहिले मनाइन्छ ?
— डिसेम्बर १० ।
८. कम्लरी मुक्त घोषित पहिलो जिल्ला कुन हो ?
– दाङ ।
९. नेपालमा जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस कहिले मनाइन्छ ?
– जेठ ११ ।
१०. विश्व स्वास्थ्य संगठनले नोबेल कोरोना भाइरसको औपचारिक नाम के दिएको छ ?
– कोभिड–१९ ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













