कतिपय व्यक्तिहरुको सुमधुर सम्बन्धको चाहना हुँदाहुँदै पनि उनीहरुको सम्बन्ध राम्रो हुँदैन । आफ्नो सम्बन्ध कसरी राम्रोे र सुमधुर बनाउने भन्ने चिन्तामा परेकाहरुको लागि यहाँ केही सुझावहरु उल्लेख गरिएको छ ।
१. एकअर्कामा विश्वासको सिर्जना गर्नुहोस् । विनासङ्कोच साथिहरुसँग रमाउन दिनुहोस्, घुम्न दिनुहोस्, जहिले उसलाई फ्री समय र ठाउँ दिनुहोस् ताकी ऊ आफूलाई मन लाग्ने क्रियाकलाप गर्न सकोस् ।
२. सबैभन्दा पहिला त आफूलाई माया गर्नुहोस । आफू सुन्दर बन्नुहोस, बेष्ट भर्जन देखाउने कोसिस गर्नुहोस् ।
३. आफ्ना सम्पूर्ण कुराहरु नखोल्नुहोस्, रहस्यमय मान्छे बन्नुहोस् ताकि तपाईंको बारेमा जान्नका लागि ध्यान तपाईंमै परिरहोस् ।
४. राम्रो कामको लागि खुलेर समर्थन गर्नुहोस् र धेरै भन्दा धेरै प्रशंसा पनि गर्नुहोस् ।
५. जो कसैले पनि आफूलाई आफ्नै रुपमा तपाईंले साथ दिन सक्नुहुन्छ भनेर तपाईंलाई माया गरेको हुन्छ । त्यसैले सल्लाह, सुझाव दिए पनि उसलाई कहिल्यै परिवर्तन गर्न नखोज्नुहोस् ।
६. अन्यौल र अनिर्णयलाई हटाइ जहिले पनि आत्मविश्वासी बन्नुहोस् ।
७. हाँस्न नरोकिनुहोस्, नडराउनुहोस्, हाँस्नेहरुलाई सबैले मन पराउँछन् ।













