१. धेरै मानिस चिनी मिसाएर दूध पिउन मन पराउँछन् तर दूधबाट पूर्णरुपमा लाभ लिनु छ भने चिनी नमिसाइकन दूध पिउनु पर्दछ ।
२. ताजा दूध पिउनु स्वाथ्यका लागि सबैभन्दा राम्रो हुन्छ । प्याकेटवाला दूध न ताजा हुन्छ, न जैबिक नै । शहरबजारमा बस्नेका लागि प्याकेटवाला दूधको प्रयोग अन्तिम विकल्प जस्तै भए तापनि सकेसम्म प्याकेटवाला दूध नपिएकै राम्रो ।
३. काँचै दूध पिउनू स्वास्थ्यका लागि राम्रो मानिँदैन । आयुर्वेदका अनुसार उमालेको र तातो दूधले स्वास्थ्यलाई राम्रो गर्छ । दूधमा अलिकता पानी मिसाउने हो भने सजिलै पनि पच्छ ।
४. पेटको समस्या हुनहरुले दूधमा एक चिम्टी अदुवा, ल्वाङ, अलैंची, केसर, दालचिनी या जाइफल मिसाएर पिउनाले पेटमा अतिरिक्त गर्मी बढ्छ, जसको मद्दतबाट दूध सजिलै पच्छ ।
५. एक चिम्टी जाइफल या केसर हालेर राती दूध पिउँदा निद्रा पनि राम्रोसँग पर्छ र शरीरलाई ऊर्जा पनि प्राप्त हुन्छ ।
६. कुनै पनि प्रकारको नुनिलो चिजका साथ दूध पिउनुहुन्न । क्रिम सुप या चिज सँगै दूध नखानुस् । दूध र माछाको सेवनले छालामा समस्या आउने आयुर्वेदको मान्यता छ । दूध र मासु सेवन गर्दा पनि समस्या हुन्छ । अमिलो चिज र दूध एकसाथ खानाले शरीरमा रियाक्सन हुन्छ ।













