काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी-२० अन्तर्गत मोन्टरियल टाइगर्सले लगातार तेस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा मोन्टरियलले भ्यानकोभर नाइटसलाई ६ विकेटले पराजित गरेको हो ।
भ्यानकोभरले दिएको १५० रनको लक्ष्य पछाएको मोन्टरियलले १८.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि पहिला ब्याटिंग गरेको भ्यानकोभरले २० ओभरमा ४ विकेट गुमाउदै १४९ रन बनाएको थियो ।
नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले मोन्ट रियलका लागि अविजित २२ रन बनाए भने ३ ओभर बलिङ गर्दै १६ रन दिएर एक विकेट लिएका थिए । साथै दिपेन्द्रले यस खेलमा उत्कृष्ट फिल्डिङ गर्दै एक रनआउट समेत बनाएका थिए ।
यो मोन्टरियलको लगातार तेस्रो जित हो । ३ खेलमा तिनै खेल जितेर मोन्टरियलको अहिले ६ अंक रहेको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।













