• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

    ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कृषि व्यवसायमा रमाउँदै युवा

by
१० साउन २०८०,
0
कृषि व्यवसायमा रमाउँदै युवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रमेश श्रेष्ठ विदेशको रहरले आठ वर्षअघि दोलखाको मेलुङबाट काठमाडौँ झरेका थिए। उमेर छँदै कमाउने सोचले पहिलोपटक घर छोडेका उनी महिनौँसम्म म्यानपावर कम्पनी ध्याए।

विदेशको सपना बीचमै त्यागेर श्रेष्ठले एकाएक बाटो मोडे। पोखरामा उनका दाइ देव पहिलेदेखि नै रेष्टुराँ चलाउँथे। दाइकै सल्लाहमा श्रेष्ठ पनि २०७२ सालको हिउँदतिर पोखरा आए। दाइभाइ मिलेर नयाँ व्यवसायको योजना बुने।

ुविदेशको काम नबनेपछि दाइले पोखरा बोलाउनुभयो, पोखरामा व्यावसायिक तरकारी खेतीको सम्भावना देखेपछि दाइभाइ मिलेर कृषि फार्म सुरु गर्यौँ, ३८ वर्षीय श्रेष्ठले भने, अहिले २४ रोपनी जग्गामा तरकारी खेती गरेका छौँ।

सुरुमा चाउथेमा छ रोपनी जग्गाबाट सुरु गरेको ‘श्रेष्ठ कृषि फार्म’ अहिले पोखरा महानगरपालिका–२६ आशीर्वाद मार्गसम्म विस्तार भएको छ। पहिलो वर्ष इलामबाट बाँस ल्याएर १८ टनेलमा तरकारी खेती सुरु गरियोु, श्रेष्ठले भने, त्यतिबेला चाउथेमा कृषि फार्म हाम्रो मात्र थियो, अहिले जस्तो बस्ती विस्तार भइसकेको थिएन, हामीले टनेल राख्दा खेतै ढाकिएजस्तो देखिएको थियो।

प्रतिरोपनी वार्षिक रु २१ हजार तिर्ने गरी जग्गामा भाडा ल्याएर कृषि फार्म चलाइएको श्रेष्ठले बताए। पछि उनका दाइ देव कृषि पेसाबाट हात झिकेर पुरानो रेष्टुराँ व्यवसायमै केन्द्रित भए। यता श्रेष्ठले कृषि फार्म एक्लै हाँक्न थाले। तीन वर्षयता फार्मको सबै जिम्मेवारी उनकै काँधमा छ।

दुवै ठाउँमा गरेर २४ रोपनी जग्गामा तरकारी खेती लगाएका छौँ, गत हिउँदमा मात्रै झन्डै रु नौ लाखको काँक्रा बेचेँ, उनले भने, फार्ममा मौसमी र बेमौसमी तरकारी उत्पादन हुँदै आएको छ। फार्मबाट वार्षिक रु ३० लाख जतिको कारोबार हुन्छ।

वर्षको १२–१५ लाख रुपैयाँ कमाउन विदेश जानु पर्दैन, सीप जानेको र मेहनत गर्न सक्नेले कृषिबाटै भविष्य बनाउन सक्छन्, श्रेष्ठले भने, हामी पनि बाहिरबाट आएर पोखरामा सङ्घर्ष गरिरहेका छौँ, सफलतामा पुग्न त अझै बाँकी नै छ।

कृषि उपार्जनका लागि पोखरा उब्जाउ क्षेत्र भएको थाहा पाएपछि दाइको साथ लाएर कृषिमा होमिएको उनले बताए। ुघरबाट विदेश जान भनेर निस्केको थिएँ, तर कर्मले यता डोर्यायो, आज म यसैमा खुसी र सन्तुष्ट छुु, श्रेष्ठले भने।

फार्ममा दुई जनाले रोजगारी पाएका छन्। कृषि व्यवसायमा उनलाई श्रीमती सुनिताको दरिलो साथ छ। छोरा सागर र छोरी रक्षा विद्यालय पढ्दैछन्।

कृषिप्रतिको लगाव र प्रतिफल देखेर उनको कृषि फार्मलाई पोखरा महानगरले गत महिना रु ६२ हजार प्रोत्साहन रकम दिएको थियो। त्यसअघि उनले महानगरबाटै प्लास्टिक पोखरी र मिनिटिलर हलो अनुदानमा पाएका थिए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाबाट एक रोपनी क्षेत्रफलमा आधुनिक प्रविधियुक्त ‘हाइटेक टनेल’ निर्माणका लागि रु १६ लाख अनुदान पाएको श्रेष्ठले बताए।

यसैगरी ‘श्रेष्ठ कृषि फार्म’सँगै जोडिएको छ ‘एस्कोल कृषि फार्म’। सो फार्म बागलुङको पाण्डवखानीका कर्ण पुनले सञ्चालन गरेका हुन्। चौध वर्षअघि पोखरा झरेका उनी पनि कृषिबाट चिनिएका पात्र हुन्। पुनले १७ रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन्।

पुनले कृषि फार्म खोलेको भर्खर दुई वर्ष बितेको छ। त्यसअघि रिठ्ठेपानीमा चार वर्ष तरकारी खेती र केही वर्ष रामबजारमा किराना पसल चलाएको अनुभव पुनसँग छ।

कोभिड–१९ महामारीमा अन्य व्यवसाय खुम्चिएपछि पुनः कृषितिरै फर्किएको उनले सुनाए। ु२२ टनेलमा तरकारी खेती छ, अहिलेसम्म झन्डै रु २० लाख जति लगानी भइसकेको छ, यस वर्ष रु ३० लाखको कारोबार गर्ने र रु १५ लाख बचाउने लक्ष्य छु, पुनले भने। उनको फार्ममा मुख्य गरी साग, काँक्रो, गोलभेँडा, घिरौँला लगायतको खेती हुन्छ। हिउँदमा बन्दा र काउली पनि लगाउने गरेको पुनले बताए।

गत वर्ष तरकारी बेचेर रु सात लाख कमाएको उनले बताए। उत्पादन गर्न सकेमा बेच्न समस्या नरहेको भन्दै पुनले पोखरामा सञ्चालित तरकारी बजारबाट सहज रुपमा कृषि उपज बिक्री हुँदै आएको बताए।

ुकृषि बजार व्यवस्थापन समितिले पनि किसानलाई राम्रो सुविधा दिएको छ, बजार व्यवस्थापन पनि चुस्त छु, उनले भने, ुउत्पादन भएको तरकारी कहाँ बेचौँ भन्नुपर्ने अवस्था छैन।ु

चार वर्ष कारिया बसेर २४ वर्षअघि घर फर्कनुभएका पुनले केही वर्ष बागलुङ सदरमुकाममा होटल व्यवसाय पनि गरेका थिए। होटल व्यवसाय खस्कँदै गएपछि सपरिवार पोखरा झरेर कृषिमा सङ्घर्ष सुरु गरेको उनले बताए।

ुकृषिमा मेरो पहिलेदेखिकै रुचि थियो, पोखरामा खाली जग्गा पाएपछि व्यावसायिक रुपमा तरकारी खेती सुरु गरेँु, पुनले भने, ुभने जति जग्गा र लगानीको जोहो हुन सके तरकारी खेतीलाई अझै विस्तार गर्ने सोचमा छु।ु

बेमौसमी तरकारी खेती विस्तारमा गत महिना उनले पोखरा महानगरबाट रु एक लाख ५१ हजार प्रोत्साहन रकम पाएका थिए।

महानगरबाट असिना छेक्ने जाली, कास्कीस्थित कृषि ज्ञान केन्द्रबाट टनेल र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट मिनिटिलर हलोमा अनुदान पाएको पुनले सुनाए।

ुसानोतिनो अनुदान दिनुभन्दा वास्तविक किसान पहिचान गरेर राज्यले बिनाधितो ऋण दिने सुविधा ल्याउन सके किसानलाई ठूलो फाइदा पुग्ने थियोु, ५६ वर्षीय पुनले भने, ुराम्रो नीति र किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सके कृषिबाटै देशले काँचुली फेर्न सक्छ, यसतर्फ राज्यको ध्यान जानुपर्छ।ु

पुन पनि सपरिवार पोखरामै बस्छन्। श्रीमती कुन्दरासहित उनी आफैँ पनि दैनिक फार्मको काममा खट्छन्। छोरी सविना स्नातकोत्तर र छोरा जीवन स्नातक तहमा अध्ययनरत छन्। छोराछोरीको पढाइदेखि घरव्यवहार फार्मकै आम्दानीबाट धानिने गरेको छ।

कृषिबाट कमाएको पैसाले पोखरामा घडेरीसमेत जोडेका छन्। लगानी जुटाउन सके पाँच–सात जनालाई रोजगारी दिने गरी तरकारी खेती विस्तार गर्ने योजना उनको छ।

पुनको फार्ममा एकजना श्रमिकले नियमित रोजगारी पाएका छन् भने आवश्यकताअनुसार ज्यालादारीमा पनि कामदार खटिने गर्छन्।

दोलखाका श्रेष्ठ र बागलुङका पुनलाई जोड्ने सेतु नै कृषि बनेको छ। गाह्रोसाह्रोमा दुवैले एकापसमा सघाउँछन्। कृषिका ज्ञान र अनुभव साँट्छन्। पोखरा महानगरको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले श्रेष्ठ र पुनले तरकारी खेतीमा नमूनायोग्य काम गरेको बताए।

ुबाहिरी जिल्लाबाट पोखरा आएर अर्कैको जग्गामा ठूलो लगानी र श्रम खर्चनुभएको छ, मेहनत गरे कृषिमा अवसर छ भन्ने उदाहरुण पनि हो यो, स्वदेशमै केही गर्नुपर्छ भन्ने युवाका लागि उहाँहरु प्रेरणा बन्नुभएको छु, कडरियाले भने, ुउहाँहरु जस्ता व्यावसायिक किसानको हित र उत्थानका लागि महानगर सधैँ साथमा छ।ु रामबहादुर थापा

Previous Post

विद्यार्थी तथा अभिभावकको आकर्षणमा ‘पढ्दै कमाउँदै कार्यक्रम’

Next Post

सडक अधुरै, आवागमनमा सास्ती

सम्बन्धित खबर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
फिचर-ब्यानर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

२३ चैत्र २०८२,
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत्र २०८२,
‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी
फिचर-ब्यानर

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

२३ चैत्र २०८२,
Load More
Next Post
सडक अधुरै, आवागमनमा सास्ती

सडक अधुरै, आवागमनमा सास्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In