• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाँच वर्षपछि युनेस्कोमा फेरि फहराउँदै अमेरिकी झण्डा

by
१० साउन २०८०,
0
पाँच वर्षपछि युनेस्कोमा फेरि फहराउँदै अमेरिकी झण्डा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेरिसस्थित राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन ९युनेस्को०को प्रधानकार्यालयमा अमेरिकाको राष्ट्रिय झण्डा भोलिदेखि पुनः फहराउने भएको छ।

प्रथम महिला जिल बाइडेनले देशको झण्डा फहराउँदै आफ्ना पतिका तर्फबाट विशिष्ट व्यक्तिमाझ अमेरिकी धारणा प्रस्तुत गर्नेछिन्। युनेस्कोमा अमेरिकाको पुनःफिर्ती कार्यक्रमलाई सम्बोधन गर्न छोरी आस्लेका साथ राष्ट्रपति जो बाइडेनको दूत बनेर प्रथम महिला जिल सोमबार अपराह्न पेरिस पुगिसकेकी छन्। भर्जिनिया सामुदायिक कलेजकी अङ्ग्रेजीकी अध्यापिका जिल युनेस्कोका लागि उपयुक्त पात्र भएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिकी राष्ट्रपतिको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकबाट प्रारम्भ भएको उहाँको अन्तरराष्ट्रिय भ्रमण बेलायतका राजारानीको शुभराज्याभिषेक, जोर्डनका युवराजको विवाहपछि युनेस्कोमा पुगेको छ।

शिक्षा, विज्ञान र संस्कृतिका क्षेत्रमा विश्वव्यापी साझेदारी र सहकार्य गर्ने युनेस्कोले विश्वका पुरातात्विक एवम् ऐतिहासिक सम्पदालाई अनन्तकालसम्म संरक्षण गर्नुपर्ने स्मारक एवम् सम्पदास्थललाई विश्व सम्पदा सूचीमा समावेशसमेत गर्दै आएको छ।

हालै ओडेसाको गिर्जाघर र युक्रेनका अन्य सम्पदास्थलमा रुसले गरेको आक्रमणको निन्दा गरेको उक्त राष्ट्रसङ्घीय निकायले क्षतिको अनुगमन गर्न चाँडै नै विज्ञहरूको टोली परिचालन गर्ने बताएको छ। गत वर्ष ओडेसाको क्याथेड्रललाई विश्वसम्पदा सूचीमा समावेश गरिएको थियो। रुसले विश्वसम्पदा सूचीमा रहेका स्थानमा आक्रमण नगर्ने प्रतिबद्धता पालना नगरेकामा युनेस्कोले मस्कोको ध्यानाकर्षण गराएको छ।

बुधबार वासिङ्टन फर्कनुअघि प्रथम महिलाले विश्व सम्पदा सूचीमा रहेको एक हजार वर्ष पुरानो बेनिडिक्टिन विहारको भ्रमण गर्नेछन्। उक्त विहार सन् १९७९ मा विश्वसम्पदा घोषित भएको हो।

युनेस्को इजरायलविरुद्ध पक्षपाती रहेको दाबी गर्दै रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिका युनेस्कोबाट बाहिरिएको हो। एक सय ९३ सदस्यीय युनेस्कोमा अमेरिकी अनुपस्थितिले चिनियाँ चासो प्रवद्धनमा बल पुग्ने ठानेर उसलाई सन्तुलनमा राख्न त्यस संस्थामा पुनः सम्मिलित हुने निर्णय बाइडेन प्रशासनले गत महिना गरेको हो।

यसै महिनाको प्रारम्भमा युनेस्कोको कार्यकारी परिषद्ले सङ्गठनमा पुनः सामेल हुन अमेरिकाले गरेको आवेदन एक सय ३२ मतले पारित गरेको थियो।

Previous Post

धनगढीमा गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In