• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

    सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

झापामा जेठयता १० जनाको डुबेर मृत्यु

by
९ साउन २०८०,
0
पाल्पामा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा । गत जेठ १ गतेदेखि हालसम्म झापाका विभिन्न नदी, खोला तथा जलासयमा डुबेर र मृतावस्थामा १० जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार ती मध्ये चार जनाको पौडी खेल्ने क्रममै डुबेर मृत्यु भएको हो। उनीहरू १३ वर्षदेखि २१ वर्ष उमेर समूहका थिए।

त्यस्तै जमेको खाल्डोमा डुबेर, खोलाले बगाएर र खेल्ने क्रममा चिप्लिएर एक–एक जनाको मृत्यु भएको छ भने तीन जनाको शव नदी, खोला र नहरमा डुबेको अवस्थामा फेला परेको जानकारी उनले दिए। मृत्यु भएकामध्ये एक महिला, आठ पुरुष छन् भने एक जनाको शव सडेको अवस्थामा फेला परेकाले पहिचान हुन बाँकी छ।

दोमुखा ड्याम १८ वर्षीय सलिन गुरागाईँ, स्थित किस्ने खोलामा १३ वर्षीय एञ्जल ताजपुरिया र लेरा खोलामा १४ वर्षीय सागर पराजुलीको पौडी खेल्ने क्रममा मृत्यु भएको हो। यस्तै इलामको सतासी झर्नाको दहमा साथीसँँग घुम्न गएका झापा कमल गाउँपालिका–५ पाडाजुँगीका २१ वर्षीय निश्चल भण्डारी पौडी खेल्ने क्रममा माथिबाट ‘डाइभ’ हान्दा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घरबाट गाईवस्तु चराउन गएकी शिवसताक्षी नगरपालिका–१० की २६ वर्षीया कमला राई सोही स्थानको कनकाई सिँचाइ नहर शाखा नहरको पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेकी थिइन्। गौरादह नगरपालिका–६ टगुवास्थित रतुवा खोलाको बगरमा सोही स्थानका ६५ वर्षीय भागवत शर्मा घोप्टो परेको मृतावस्थामा फेला परेका थिए।

यस्तै भद्रपुर नगरपालिका–९ शान्ति चोकका ७५ वर्षीय जीवन थापामगर भद्रपुर–८ स्थित मेची क्याम्पसको पूर्वपट्टि जमेको नालीको पानीमा मृतावस्थामा फेला परेका थिए। बिर्तामोड नगरपालिका–६ का १९ वर्षीय अनिल मैनाली सोही स्थानको देउनिया खोला क्षेत्रमा च्याउ टिप्न गएको बेला खोला तर्ने क्रममा चप्पल बगाएकाले चप्पल टिप्ने जाँदा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ।

झापा गाउँपालिका–४ ग्रामथानस्थित नेपाल–भारतको दशगजा सिमाना क्षेत्रमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर झापा– का सात वर्षीय बालक डेनिस गणेशको खेल्ने क्रममा चिप्लेर डुबेर घाइते भएकामा उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएकामा अस्पताल पुर्याउना साथ सोही अस्पतालका डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

यसैबीच बाह्रदशी गाउँपालिका–१ नयाँ बस्तीस्थित अदुवा खोलामा खोलाले बगाएर ल्याएको साडी बेरिएको अवस्थामा तत्काल नामथर वतन नखुलेको र पहिचान गर्न नसकिने गरी सडेगलेको अवस्थामा शव फेला परेकाले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी रिजालले दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।

Previous Post

नेपालमा अझै बनेन पानीजहाज कानुन

Next Post

भिर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित

सम्बन्धित खबर

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

९ बैशाख २०८३,
१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट
फिचर-ब्यानर

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

९ बैशाख २०८३,
दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
फिचर-ब्यानर

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

९ बैशाख २०८३,
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
फिचर-ब्यानर

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

९ बैशाख २०८३,
ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक
समाचार

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

९ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

९ बैशाख २०८३,
Load More
Next Post
भिर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित

भिर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In