• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

    कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

    कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पुरातात्विक महत्वका बालधारा संरक्षणको पर्खाइमा

by
९ साउन २०८०,
0
पुरातात्विक महत्वका बालधारा संरक्षणको पर्खाइमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा प्राकृतिक सुन्दरतासँगै धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदताले पनि उत्तिकै परिचित छ । आफ्नै विशेषता र मौलिकताले सजिएको पोखरामा एक सय वर्षको इतिहास बोकेका बालधाराको पुरातात्विक महत्व रहे पनि ती सबैको संरक्षण हुन नसक्दा लोप हुने अवस्थामा पुगेका छन् । बालधाराको इतिहास हेर्दा सन् १९७७ मा तत्कालीन चिफ इन कमान्डर बबर शमशेरले आफ्ना नाबालक छोरा बाल शमशेरको स्मृतिमा बनाएको पाइन्छ । बाल शमशेरको १४ वर्षको उमेरमा निधन भएको थियो । तत्कालीन समयमा पोखरामा पानीको निकै हाहाकार थियो । बबर शमशेरले आफ्नो छोराको वार्षिक स्मृतिमा पोखरेलीको तिर्खा मेट्न पोखराका विभिन्न स्थानमा १४ वटा धारा निर्माण गर्नुभएको सम्पदाप्रेमी एवम् पोखराका पुराना फोटो सङ्कलक सुनिल उलक बताउनुहुन्छ । “त्यसताका पोखरामा पानीको निकै दुःख थियो, खोलानाला तालतलैयाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता थियो ।

बबर शमशेरले १४ वर्षीय छोराको निधन भएपछि उनको सम्झनामा १४ वटा बालधारा बनाएर धेरैको तिर्खा मेटाउने काम गर्नुभएको थियो । सबै धारामा एउटै शिलालेख देख्न सकिने भएकाले यसबाट पनि त्यो इतिहास झल्कन्छ”, उलकले भन्नुभयो । उहाँका अनुसार अहिले केही संरक्षण भएका छन् भने केही अतिक्रमणको चपेटामा परेर लोप भइसकेका छन् । बालधाराकै पानी खाएर हुर्केको अनुभव सुनाउँदै उलक भन्नुहुन्छ, “बालधाराको पुरातात्विक महत्व छ त्यसैले यसको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ भनेर बालधारा संरक्षण समिति गठन गरेर पहल गरेका हौँ ।” आफैँ समितिको संयोजकसमेत रहनुभएका उलकले बालधाराले तत्कालीन समयमा पोखराको इतिहासलाई बुझ्न पनि मद्दत पुग्ने बताउनुभयो । जुन जुन वडामा बालधारा रहेका छन्, ती ठाउँमा स्थानीय र वडा जनप्रतिनिधि मार्फत् संरक्षणका लागि पहल गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार भैरवटोल, मोहरियाटोल, नालामुख, पालिखेचोक, बागबजार, भीमसेन टोल, रामकृष्णटोल, सिद्धार्थचोक, सिमलचौर, तेर्सापट्टि, रानीपौवाको शोभा भगवती मन्दिर र दूरसञ्चारअघि, माटेपानीको (पुछारको धारा) साँघुमुखमा बालधारा निर्माण गरिएको थियो । हाल भैरवटोल, नालामुख, रामकृष्णटोल, सिमलचौर, तेर्सापट्टि र माटेपानीको पुरानोधाराको संरक्षण भएको छ भने बाँकी धाराहरु सम्बन्धित वडामार्फत संरक्षणका लागि पहल भएको उहाँले जानकारी दिनुभयो । साँघुमुखको र दूरसञ्चार अगाडि भने धारा भएको ठाउँ नै मानवीय अतिक्रमणमा परेको छ । योसँगै सिद्धार्थचोकमा धाराका केही सामग्री भेटिए पनि त्यही ठाउँमा भवन बनिसकेकाले त्यहाँ पनि बालधारा पुननिर्माण गर्न सम्भावना कम देखिएको छ । पोखरा महानगरपालिका–५ पस्र्याङ बालधारामा आउने पानीको मुहान थियो । त्यस ठाउँलाई धारापानी भनिन्छ । आज पनि त्यो ठाउँ धारापानीले नै परिचित छ ।

इतिहासको दृश्य बोकेको, तत्कालीन समयको अवस्थालाई अध्ययन गर्न सकिने पुरातात्विक महत्व बोकेका यस्ता सम्पदाको संरक्षणमा सम्बन्धित निकायले चासो दिन नसक्दा केही बालधारा भएका स्थानमा घर र पर्खालहरु बनेर इतिहास मेटिएको उहाँको भनाइ छ । विसं २०२२ मा पोखरेलीले भोटीखोला योजना आएपछि पानीको सहजता हुन थाल्यो । बालधाराको पानी पनि अन्यत्र लगिएपछि धारामा पानी सुक्न थालेको उहाँको बुझाइ छ । ऐतिहासिक र पुरातात्विक संरचनाको संरक्षण आवश्यक रहेकाले आफूहरुले चासो दिएको उलकले बताउनुभयो । पोखराको सुन्दरतामा पुरातात्विक महत्व बोकेको धाराको उस्तै शैलीमा संरक्षण सम्वद्र्धन हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुहुन्छ संस्कृतिकर्मी तीर्थ श्रेष्ठ । “बालधाराको पुरातात्विक महत्व छ, यस धाराले तत्कालीन समयमा पोखरामा खानेपानीको अभावको अवस्था रहेको पुष्टि गर्छ भने अर्कोतर्फ पानी खुवाउने पुण्य कार्र्यलाई पनि जोड दिएको बुझ्न सकिन्छ ।” बिट्रिस शैलीका ती धाराहरु निकै आकर्षक थिए भने मान्छेलाई मात्र नभएर गाईवस्तुलाई पनि पानी खान मिल्ने गरी बनाइएको उहाँ स्मरण गर्नुहुन्छ ।

पोखरी खनेर, कुवा बनाएर, वरपीपल चौतारो छेउछाउमा मूलको पानी ल्याएर हाम्रा अग्रजहरुले पुण्य कर्म गरे जस्तै बबर शमशेरले पनि आफ्नो छोराको स्मृतिमा पोखरेलीको प्यास मेटाउन धारामार्फत पोखरेलीलाई पानी खुवाएर पुण्य कमाएको बताउनुभयो । बालधारा निर्माणले पोखरामा आधुनिक धाराको विकास पनि सुरुआत गरेको थियो । यो धारा बनेपछि खोलानालामा पुगेर पानी बोकेर ल्याउनुपर्ने बाध्यता पनि हटेको थियो । श्रेष्ठले आफ्नो स्मरणमा भएसम्म १४ वटामात्र नभएर अझै बढी भएको अनुमान गर्नुभयो । “मलाई अझै बढी भए जस्तो लाग्छ यसका बारेमा थप अनुसन्धान गर्न सकिन्छ ।” खानेपानी संस्थानले यी धारामा आउने मुहानलाई लिएर सार्वजनिक स्थानमा पानी वितरण गरे पनि बालाधाराको संरक्षणमा चासो नदेखाएको उहाँको भनाइ छ ।

‘बालधारा संरक्षण अभियान समिति’का सदस्य एवम् राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका निर्वतमान अध्यक्ष विष्णुहरि अधिकारी बढ्दो सहरीकरणले घरघरमा पानीको धारा आएर सार्वजनिक धाराको महत्व घटे पनि बालधारा पुरातात्विक महत्व भएकाले संरक्षण आवश्यक रहेको बताउनुभयो । साँघुमुखमा रहेको धाराको पानि खाएर हुर्केको स्मरण गर्दै अग्रज फोटो पत्रकार विश्व शाक्य तत्कालीन समयमा पोखरेलीको तिर्खा मेटाएको बालधारा एउटा इतिहासको चित्र भएकाले यसको संरक्षणमा स्थानीय र सरोकारवालाहरुले पहल गर्नुपर्ने बताउनुहुन्छ । “हामीले पानी खाएर हुर्केको साँघुमुखको त्यो बालधारा खोइ कता छ ? अहिले त साँघुमुख भन्ने नाम पनि उच्चारण भएको सुनिँदैन, इतिहास बोकेका ठाउँका नाम र संरचनालाई सम्पदा संरक्षणकर्मीले विशेष चासो दिएर जोगाउनुपर्ने हो”, उहाँले भन्नुभयो ।

Previous Post

भिर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित

Next Post

हाम्रो अन्तर्राष्ट्रिय मान्यतामा सबैभन्दा ठूलो बाधक अमेरिका- तालिवान सरकार

सम्बन्धित खबर

सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै
फिचर-ब्यानर

कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

१३ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

१३ असार २०८३,
खाडीको जीवनभन्दा गाउँ प्यारो
आर्थिक

खाडीको जीवनभन्दा गाउँ प्यारो

१३ असार २०८३,
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता
आवाज

फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

१३ असार २०८३,
आवाज

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

१३ असार २०८३,
Load More
Next Post
हाम्रो अन्तर्राष्ट्रिय मान्यतामा सबैभन्दा ठूलो बाधक अमेरिका- तालिवान सरकार

हाम्रो अन्तर्राष्ट्रिय मान्यतामा सबैभन्दा ठूलो बाधक अमेरिका- तालिवान सरकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In