बाबा आम्टेकी आमा धेरै पढेलेखेकी थिइनन्, तर बुद्धिमान थिइन् । उनले बालककालमा आम्टेलाई एक जापानी गुडिया दिइन् । त्यो गुडिया जति पटक पल्टिन्थी, त्यति पटक उठेर खडा हुन्थी । गुडिया खेलिरहेको आफ्नो पुत्रलाई हेरेर आमाले सम्झाइन्— बाबु…., यस गुडियालाई पल्टाउँदा पल्टाउँदा तिमी थाक्ने छौ, तर यो उठेर खडा हुनेछ ।
यसरी जीवनमा तिमी पटकपटक लड्नेछौ । नलड्ने र नहार्नेको जीवनमा कहिल्यै सफलता हात लाग्दैन । असली शान लडेर तुरुन्त खडा हुनुमा छ । हार्नु तर हार नमान्नु नै जिन्दगीको दोस्रो नाम हो । यस कुरालाई आम्टेले बिरामी हुँदा राम्रोसँग बुझे । त्यस वेला पनि उनी कुष्ठरोगीहरुको लागि आश्रम चलाइरहेका थिए ।
साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट













