१. सगरमाथा दिवस कहिले मनाइन्छ ?
– २९ मे ।
२. नेपालमा नुन खानी कुन क्षेत्रमा रहेको छ ?
– मुस्ताङ जिल्ला थाकखोला क्षेत्र ।
३. सिङ्गमरमर ढुङ्गाका लागि प्रसिद्ध नेपालको स्थान कुन हो ?
– ललितपुर जिल्ला गोदावरी क्षेत्र ।
४. विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको होटल ‘होटल एभरेष्ट भ्यु’ नेपालको कुन जिल्लामा पर्दछ ?
– सोलुखुम्बु ।
५. सबैभन्दा बढी नगरपालिका भएको जिल्ला कुन हो ?
– रौतहट ।
६. नेपाल सरकारले माछापुछ«े हिमाल आरोहण गर्न कहिलेबाट प्रतिबन्ध लगाएको हो ?
– वि.सं. २०२० फागुन ५ ।
७. नेपालको कुन हिमालको नाम शान्ति शिखर राखिएको छ ?
— सार्जे हिमाल ।
८. कोसी नदी प्रवाहबाट कति विद्युत् उत्पादन हुन सक्ने अनुमान छ ?
– २२ हजार मेघावाट ।
९. विश्व वन्यजन्तु कोषको प्रतीक चिन्हमा कुन प्राणीको चित्र अङ्कित छ ?
– पाण्डा ।
१०. नेपालमा वन्यजन्तु सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ?
– वि.सं. २०५३ ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













