• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जयनगर–भङ्गाह रेल सेवा विस्तार

by
१ साउन २०८०,
0
जयनगर–भङ्गाह रेल सेवा विस्तार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टाका ५५ वर्षीय जोगी साहलाई आफ्नै जीवनकालमा फेरि रेल चलेको देख्न पाइएलाजस्तो लागेको थिएन । तर आज आँखा अगाडि २१ वर्षपछि रेल चलेको देख्दा साहलाई अचम्म त लागेको थियो नै त्योभन्दा बढी खुसी सम्हालिनसक्नु थियो । “हल्ला त धेरै सुनेको थिएँ तर विश्वास लागेको थिएन । आज त आफ्नै आँखा अगाडि रेल चलेको हेर्न पाइयो, यो सपना हो कि विपना हो जस्तै लागिरहेको छ । त्यही रेल चढेर भङ्गाहदेखि जनकपुर पुग्दा त खुसीको सीमा नै छैन । कसरी व्यक्त गरुँ ?”, साहले भन्नुभयो । उहाँका अनुसार २१ वर्षअघि जयनगरदेखि भङ्गाह विजलपुरासम्म रेल चलिरहेको थियो । त्यही रेलमा सो क्षेत्रका स्थानीयवासी जनकपुर र जयनगरसम्म यात्रा गर्थे तर रेल र रेल गुड्ने लिक तथा विगिही पुल भत्किएपछि सो सेवा अवरुद्ध भयो । “रेल बन्द भएपछि यतिका वर्षसम्म जनकपुर आउन पनि हामीलाई धेरै गाह्रो भएको थियो । जनकपुर पुग्न घन्टौँ लाग्थ्यो । अब रेल सञ्चालन भएपछि ३० मिनेटमै जनकपुर आवतजावत गर्न सहज हुने भयो ।

त्यसैले हाम्रो क्षेत्रका नागरिक निकै हर्षित छौँ”, साहले रासससँग भन्नुभयो । त्यसैगरी भङ्गाहकै ६० वर्षीया बेचनी थरुनीले पनि जीवनको उत्तरार्धमा फेरि आफ्नै आँगनमा रेल देख्न पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हो बौवा हमई नई लागल्छलकि अई उमर मे रेल देख पाइब, लेखिन आई अपने आँगनमे रेल देख्के बुझाइए कि हम् स्वर्ग देखरहल छि । आब बहुत जल्दी वही रेल चहड क जानकी मैया के दर्शन करबाक इच्छा अई (यो उमेरमा फेरि रेल हेर्न पाइला भनेर सपनामा पनि सोचेकी थिइनँ तर आज आफ्नै आँगनमा रेल हेर्न पाएकामा ज्यूँदै स्वर्ग देखेजस्तो लागिरहेको छ । अब त्यही रेल चढेर जानकी माताको दर्शन गर्न जनकपुर पुग्ने इच्छा छ) ।” साह र थरुनी मात्रै होइन, भङ्गाहमा २१ वर्षपछि रेल देख्दा स्थानीयवासी निकै हर्षित छन् । त्यसैले आसपासका गाउँबाट समेत ट्र्याक्टर, मोटरसाइकल र निजी सवारीसाधनमा हजारौँ मान्छे रेल हेर्न आएका थिए ।

त्यहीबीचमा सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले झण्डा हल्लाएर रेललाई जनकपुरका लागि बिदाई गरेपछि स्थानीयवासीले पनि हात हल्लाएर खुसी व्यक्त गरे । त्यसअघि रेलसेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले जयनगरदेखि जनकपुर कुर्थासम्म ३५ किलोमिटरमा रेल सञ्चालन हुँदै आएकामा अब थप १७ दशमलव तीन किलोमिटरसहित ५२ दशमलव तीन किलोमिटर लामो दूरीमा सेवा सञ्चालन हुन लागको बताउनुभयो । उहाँले गत जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उच्चस्तरीय भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री दाहालले संयुक्तरूपमा यो खण्डको भुर्चअल उद्घाटन गर्नुभएअनुसार रेल सञ्चालन भएको बताउनुभयो । “हामी भारत सरकारको रु १२ अर्बको अनुदान लागतमा बनेको यो खण्डमा रेल सञ्चालन गर्दैछौँ । त्यसका लागि म भारत सरकार र त्यहाँको जनताप्रति आभार व्यक्त गर्न चाहन्छु । प्रधानमन्त्री दाहालको भारत भ्रमणकै बेला कुर्था–विजलपुरा यात्रुबाहक रेलसेवा र भारतको बथनाहादेखि नेपालको विराटनगरसम्म मालबाहक कार्गो सेवा सञ्चालनका लागि एकैसाथ उद्घाटन भएको हो ।

अहिले यो खण्डमा रेलसेवा सञ्चालन भइसक्यो, अब बथनाहा–विराटनगर खण्डको प्रक्रिया सुरु भइसकेको छ । चाँडै कार्गो सेवा पनि सञ्चालन गर्नेछौँ”, मन्त्री ज्वालाले भन्नुभयो । यसअघि न्यारोगेज रेलसेवा सञ्चालन भएको ठाउँमा अब ब्रोडगेज सेवा सुरु भएको भन्दै मन्त्री ज्वालाले यसले यातायात क्षेत्रमा ‘ब्रेकथ्रु’ को काम गर्ने बताउनुभयो । त्यसैगरी नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले दोस्रो चरणमा विजलपुरासम्म रेलसेवा विस्तार गरिएको र जग्गाको मुआब्जा विवाद समाधान भएमा चाँडै तेस्रो चरणमा भङ्गाह विजलपुराबाट बर्दिवाससम्मको रेलवे पूर्वाधार निर्माणको काम सुरु हुने बताउनुभयो । कार्यक्रममा भारतीय राजदूतावासका डिसिएम प्रसन्न श्रीवास्तवले नेपालका प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा भएको सम्झौतानुसार रेलसेवा विस्तार भएको र यसले नेपाल–भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विगत १५ महिनादेखि भारतको जयनगरबाट धनुषाको जनकपुरधाम कुर्थासम्म रेलसेवा सञ्चालनमा थियो । विसं २०७८ चैत १९ गतेदेखि सञ्चालनमा आए पनि सुरुमा एकपटक जनकपुरबाट जयनगर जाने र आउने सेवा दिँदै आएको रेल गत वर्ष मङ्सिरमा विवाहपञ्चमीको बेलादेखि दिनको आउनेजाने गरी चारपटक सेवा दिइरहेको छ । आज भङ्गाहसम्म सेवा विस्तार भएसँगै भोलिदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गरिने महाप्रबन्धक झाले बताउनुभयो । यद्यपि भङ्गाहा स्टेशनमा दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने गरी सेवा प्रदान गर्ने झाले जानकारी दिनुभयो ।

Previous Post

पूर्वमन्त्री यादव पक्राउ

Next Post

इरानमा हिजाब विरोधी प्रदर्शन पुनः सुरू

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
इरानमा हिजाब विरोधी प्रदर्शन पुनः सुरू

इरानमा हिजाब विरोधी प्रदर्शन पुनः सुरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In