• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुरक्षित आवास पाएपछि बाढी प्रभावित खुसी

by
२८ असार २०८०,
0
सुरक्षित आवास पाएपछि बाढी प्रभावित खुसी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भजनी । कैलालीको भजनी नगरपालिका–५ पलियापुरमा नगरपालिका, दिगो विकास समाज र जनश्रमदानबाट बाढी प्रभावितका लागि सुरक्षित घर निर्माण गरिएका छन् ।

नगरपालिकाको सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र भनेर चिनिने पलियापुरमा सुरक्षित आवास निर्माण भएपछि यहाँका बाढी प्रभावित खुसी भएका छन् ।

नगरपालिका, दिगो विकास समाज र जनश्रमदान गरी रू ९५ लाख ४६ हजार नौ सय बराबरको लगानीमा १६ वटा बाढी प्रभावित परिवारका लागि घर निर्माण भएका छन् ।

नगरपालिकाले ४० लाख दिगो विकास समाजले ३२ लाख खर्च गरेको नगरपालिकाले जनाएको छ । भजनी नगरपालिका–५ का मोतीराम भण्डारीको परिवार यतिबेला हुलाकी सडक छेउमा त्रिपालको भरमा असुरक्षित घरमा बसिरहेको छ । एकरदुई दिनमा मोतीरामसहित परिवार नयाँ निर्मित आवासमा बस्ने तयारीमा छन् ।

नयाँ आवासमा सरेपछि हुलाकीमा वर्षायामको पाँचरछ महिना बिताउनु नपर्नेमा उनि खुसी छन् ।नगरपालिका र दिगो विकास समाजको आर्थिक सहयोगमा जमिनको सतहदेखि छ फिट अग्लो घर निर्माण गरेको मोतिरामले बताए । “यस वर्ष सडकमा जानुपर्दैन । घरभित्र पानी पस्ने छैन । परिवार र खाद्यान्न सुरक्षित हुन्छन्”, उनले भने, “स्थानीय सरकार छ भन्ने अनुभूति हामीलाई भएको छ । हाम्रो वर्षौंदेखिको समस्या समाधान भएको छ ।”

सोही ठाउँका राज विक अहिले घर निर्माणमै व्यस्त हुनुहुन्छ । घर निर्माण सम्पन्न गरेर यस वर्षको वर्षात् नयाँ घरमा बिताउने उनको रहर छ । “हुलाकी सडकमा भोकभोकै बस्नुको पीडा हाम्रा लागि खत बनेर बसेको छ । त्यो पीडा कहिल्यै भुल्ने छैनौँ”, विकले भने, “त्रिपालको सहायतामा सडकमा बस्ने दिनको अन्त्य हुँदैछ । घर बनेपछि बाढीबाट हुने क्षति कम हुनेमा विश्वस्त छौँ ।”उनले नगरपालिका सहयोग गरेर आवास निर्माण गरिरहेको बताए ।

आवास निर्माण भए पनि शौचालय र खानेपानीको भने समस्या हुने देखिएको विकको भनाइ थियो । “आवास निर्माण गर्दा शौचालय निर्माण गरिएको छैन । खानेपानीका हाते नल्कामा बाढीले क्षति पुर्याउँछ”, उनले भने, “खानेपानीका लागि उचाइ बढी बनाएर व्यवस्थित धारा जडान गर्नुपर्ने हुन्छ ।”

वर्षामा शौचालय र खानेपानीको समस्या हुने सोही ठाउँकी सरिता टमट्टाले बताइन् । “बर्खाको समयमा हुने किरारफट्याङ्ग्राको जोखिमबाट बच्ने भएका छौँ । बालबालिका बाढी र डुबानबाट सुरक्षित हुने भएका छन्”, उनले भनीन, “घर निर्माण भएको क्षेत्रबाट बाहिर जान ढुङ्गा आवश्यक पर्छ । यहाँ नदी बग्छ । यस्तो अवस्थामा खानेपानी र शौचालयका लागि कता जाने भन्ने चिन्ता छ ।”

घर निर्माण भएको क्षेत्रमा भुइँको सतह निकै गहिरो भएकाले माटो पटानी गरेर समस्या समाधान गर्नुपर्ने टमट्टाको भनाइ थियो ।

नयाँ आवासमा खाद्यान्न सुरक्षित राख्न सकिने भएपछि लालबहादुर कामी तनावमुक्त भएका छन् । बर्खा लागेसँगै घरमा भएको अन्न तथा अन्य खाद्यान्न आफन्तकामा सार्नुपर्ने बाध्यता यस वर्षदेखि अन्त्य हुने उनले बताए । “बर्सेनि आउने बाढी र डुबानबाट सुरक्षित राख्न हामीले केही सामान आफन्तकामा राख्दै आएका थियौँ । आफन्तकामा राखिएका सामान पनि बाढीबाट सुरक्षित हुँदैनथ्यो”, लालबहादुरले भने, “यस वर्ष आफ्नै घरमा खाद्यान्न सुरक्षित हुने भयो । हामी सुरक्षित हुने भयौँ ।”

भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले नगरपालिकाले पाँच वर्षमा ५० सुरक्षित आवास निर्माण गर्ने लक्ष्य राखेको जानकारी दिए ।

उनले बाढी र डुबानको बढी जोखिम हुने क्षेत्रका नागरिकको सुरक्षाका लागि दातृ संस्थासँग समन्वय गरी सुरक्षित आवास निर्माण थालिएको बताए ।

“चालू आर्थिक वर्षमा १६ घर निर्माण भएका छन् । शौचालय, खानेपानी लगायतको काम बाँकी छ । आगामी आर्थिक वर्षमा बााकी काम पूरा गर्ने योजना बनाएका छौँ”, नगर प्रमुख चौधरीले भने, “बाँकी जोखिम भएका क्षेत्रमा पनि आवास निर्माणका लागि नगरपालिकाले सहयोग गर्नेछ । यसका लागि दातृ संस्थासँग निरन्तर समन्वय गर्नेछौँ ।”

उनले कान्द्रा नदीलाई नियन्त्रण गर्न नसकेसम्म भजनीलाई डुबानबाट जोगाउन नसकिने बताए । “हाम्रो पीडा कान्द्रा हो । कान्द्र नियन्त्रण गर्नसके आधा दुख सकिन्छ”, नगर प्रमुख चौधरीले भने, “त्यसका लागि हाम्रो बजेटले पुग्दैन । प्रदेश र सङ्घीय सरकारले अपेक्षित सहयोग गरेको छैन । टुक्रे बजेटले कान्द्रा नियन्त्रण गर्न सकिँदैन ।”

Previous Post

एमालेको पछिपछि हिँडेको आरोपले रवि दुःखी, सरकारको स्थायित्वको पक्षमा रहेको प्रस्टीकरण

Next Post

सम्बन्धविच्छेद गरेर आएकी युवतीलाई प्रेमीले अस्वीकार गरेपछि…

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
सम्बन्धविच्छेद गरेर आएकी युवतीलाई प्रेमीले अस्वीकार गरेपछि…

सम्बन्धविच्छेद गरेर आएकी युवतीलाई प्रेमीले अस्वीकार गरेपछि...

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In