• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका

by
२८ असार २०८०,
0
रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डडेल्धुरा । डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको संख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा बिबाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् ।

भागेश्वर गाउँपालिकामा बीचमै पढाइ छाड्नेको संख्या अत्यधिक रहेको पाइएको छ । गुणस्तरीय शिक्षाको अभाव, प्राविधिक शिक्षाको कमी, आर्थिक अवस्थाका कारण रोजगारका लागि जानुपर्ने बाध्यता र बालविवाहले गर्दा शैक्षिक सत्रको बीचमा नै कक्षा छोड्ने छात्रछात्राको सङ्ख्या बढी रहेको भागेश्वर गाउँपालिकाले जनाएको छ । पढाइको बीचमा विद्यालय छोड्नेमा छात्रको संख्याभन्दा छात्रा बढी छन् । छात्र रोजगारका लागि जान्छन् भने छात्राको घरपरिवारले गरिबीका कारण चाँडै विवाह गरिदिन्छन् ।

यो समस्या भागेश्वरको मात्रै होइन । जिल्लाका अन्य पालिकामा पनि विद्यालय छाड्नेको अनुपात धेरै रहेको हुनसक्ने शिक्षा वकास तथा समन्वय एकाइ डडेल्धुराले जनाएको छ । पछिल्लो डाटा भने कार्यालयमा आउन समय लाग्ने भए पनि १ देखि १० सम्म विद्यालय छाड्ने बालबालिका बढी रहेको हुनसक्ने कार्यालयले जनाएको छ ।

स्थानीय तहले शिक्षाको गुणस्तर सुधारका लागि केही प्रयास गरिरहेका भए पनि स्वरोजगार हुने प्राविधिक शिक्षा भने लागू गर्न सकिरहेका छैनन् । परम्परागत शिक्षाका कारण अभिभावक तथा विद्यार्थीमा शिक्षा प्रणलीप्रति वितृष्णा जागिरहेको । गरिबीका कारण यस क्षेत्रका अभिभावकले छोराछोेरीलाई उच्च शिक्षामा लगानी गर्न सकिरहेका छैनन् ।

कतिपय स्थानीय तहका माध्यमिक विद्यालयमा कृषि, वन विज्ञान र ओभरसियरको पढाइ सुरु गरिएको भए पनि उच्च शिक्षाका लागि बाहिर जानुुपर्ने बाध्यता छ । जुन खेती किसानी गरी परिवार धानी रहेका बालबालिका अभिभावकका लागि असम्भव छ, अजयमेरु गाउँपालिका–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताए । स्थानीयस्तरमै बालिबालिकाले उच्च शिक्षा हासिल गर्ने अवसर पाउनुपर्ने उनको भनाइ छ ।

भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार भागेश्वरमा अहिलेसम्म करिब ५।५ प्रतिशत बालबालिकाले बीचमा नै पढाइ छाड्ने गरेको जनाएका छन् । ३२ विद्यालय रहेको उक्त गाउँपालिकामा आठ वटा माध्यमिक विद्यालय छन् भने २४ वटा आधारभूत विद्यालय छन् । जसमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने बालबालिकामध्ये ५।५ प्रतिशतले बीचमा नै पढाइ छोड्ने गरेको खुल्न आएको छ ।

चालु शैक्षिक सत्रमा तीन हजार पाँच सय ५१ बालबालिका विद्यालयमा भर्ना भएका छन् । कक्षा १ देखि १० सम्म अध्ययनरत रहनुपर्ने करिब ५।५ ९साढे पाँच० प्रतिशत बालबालिका विद्यालयको पहँुचभन्दा बाहिर छन् । उनीहरुमध्ये छात्राको संख्या अझ धेरै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । बालविवाह र आर्थिक अवस्था कमजोरी नै मुख्य कारण रहेको उनको भनाइ छ ।

यस गाउँपालिकामा बर्सेनि करिब साढे पाँच प्रतिशत छात्रछात्रा विद्यालय छोड्ने गरेको शिक्षा शाखाले जनाएको छ । भने ११ र १२ मा अध्ययन गर्नेमध्ये कति बालबालिका विद्यालय छाड्छन् भन्ने संख्या यकिन नभएको भागेश्वर गाउँपालिका शिक्षा अधिकृत गणेशबहादुर पौडेलले बताए । कक्षा १ देखि १० सम्मका जम्मा भर्ना संख्यामध्ये करिब दुई सयले हरेक वर्ष विद्यालय छोड्ने गरेको जनाइएको छ ।

आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाले विद्यालयबीचमा नै छोड्ने गर्दछन् । उनीहरु सानैमा रोजगारका लागि जाने र पढाइभन्दा ज्याला मजदुरी अर्थउपार्जनमा पढी केन्द्रित हुने भएकाले बीचमा नै पढाइ छाड्नुपर्ने बाध्यता रहन्छ । त्यसमा पनि छात्राको संख्या धेरै छ प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । दूरदराजका दुर्गमगाउँ, लक्षित समुदाय तथा परिवारका छोराछोरीको सानै उमेरमा हुने विवाह विद्यालय छोड्नुपर्ने मुख्य कारण हो ।

सामाजिक सञ्जालको दुरुपयोग, भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बीचमै पढाइ छोडी रोजगारका लागि तेतातिर भागेर पनि गइदिने हुँदा बीचमा नै पढाइ छोड्नेको संख्या धेरै भएको सरोकारवाला बताउँछन् । प्राथमिक तहमा बसाइँसराइ र माध्यमिकमा रोजगारी र बालविवाह नै विद्यालय छोड्ने काण रहेकोे सरोकारवालाको दाबी छ ।

गरिबीका कारण उच्च शिक्षा पढाउन नसक्ने मनोभावनाका कारण पनि सानै उमेरमा रोजगारका लागि बालबालिकालाई अन्यन्त्र पठाउने गरेको र घरपरिवारका अविभावक पनि रोजगारकै सिलसिलामा भारतमा हुनुले पनि बच्चा पढाइ छोडेर आमाबुबासँगै जाने गरेको स्थानीय अभिभावक रमेश लुुहारले बताए । विद्यालयमा पनि गुणस्तरीय पढाइ हुुँदैन, ठूलो भएर पनि रोजगारका लागि विदेशिनुपर्ने बाध्यता छ त्योभन्दा सानैदेखि काममा पठाए सीप पनि सिक्ने र तलब पनि राम्रो पाउने भएकाले बच्चालाई आफन्तसँग बाहिर पठाउने गरेको अभिभावक स्वीकार्छन् ।

छोरालाई रोजगारका लागि बाहिर पठाउने र छोरीलाई सानैमा विवाह गरिदिने प्रचलन अहिले पनि छ । छोरीहरु विवाह भइसकेपछि विद्यालय आउन लजाउने, पढाइमा ध्यान नदिने र घरपरिवारको जिम्मेवारी समाल्नुपर्ने कारणले बीचमा नै पढाइ छोडेर जाने शिक्षक बताउँछन् भने अन्य विद्यार्थीको पनि पढाइप्रतिको मनोबल घट्दै जाने र मनोसामाजिक बिचलनले गर्दा कक्षा छोड्नेको संख्या बढ्दै जाने गरेका शिक्षकको दाबी छ । कति विद्यार्थी परिवारिक समस्याका कारण विद्यालय छोड्छन् यकिन डाटा छैन तर धेरैजसो पढाइ छाडेर जाने बच्चा रोजगारीकै लागि विद्यालय छोड्ने गरेको स्थानीय शिक्षक चक्र महरले बताए ।

कानुनबमोजिम २० वर्षपछि मात्रै विवाह गर्नुपर्ने र अन्यथा बालविवाह ठहर गरी भएको बिहे पनि बदर हुने प्रावधान भए पनि दुर्गम गाउँमा भने १६ देखि १८ वर्षकै उमेरमा विवाह गर्ने चलन धेरै छ । उनीहरु ढिलो गरी विवाह दर्ता गर्न आउने भएकाले संख्या भने यकिन हुने गरेको छैन ।

शिक्षामा सुधार आउन नसके यो संख्या बढ्न सक्ने भन्दै गाउँपालिका चिन्तित रहेको छ । विद्यालय छोड्नको संख्या घटाउनका लागि यो शैक्षिक सत्रमा विद्यालय सुधार कार्यक्रमअन्तर्गत अभिभावकलाई शिक्षा कार्यक्रम अघि सारिएको छ भने मनोसामाजिक विचलन आउन नदिन विद्यार्थीलाई मनोसामाजिक विमर्श तालिम, ह्याप्पीनेश कक्षा सञ्चालन र प्राविधिक शिक्षामा जोड दिई विद्यार्थीको पढाइ गुणस्तरमा सुधार ल्याउन योेजना रहेको गाउँपालिका शिक्षा शाखा अधिकृत पौडेलले बताए ।

बीचमै विद्यालय छोेड्नेको संख्याका कारण शैक्षिक क्षतिसमेत बेहोर्नुपरेको हुँदा यसलाई रोक्न निरन्तर विद्यालय अनुगमन गर्नुका साथै बालविवाह निरुत्साहित पार्न छोरी शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखी छात्राहरुका लागि विशेष छात्रवृत्ति व्यवस्था समेत गरिने योजना स्थानीय तहका रहेको जनाइएको छ । यसबारेमा समयमा सबैले लाग्नुपर्ने सरोकारवाला बताउँछन् ।

Previous Post

कुवेत जान लागेका ११० श्रमिकलाई अध्यागमनले फर्कायो

Next Post

रोचकः खाएपछि आत्महत्या गर्ने जीव

सम्बन्धित खबर

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
Load More
Next Post
रोचक प्रसङ्गः मान्छे झैँ बोल्ने चुरोट !

रोचकः खाएपछि आत्महत्या गर्ने जीव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In