१. दोस्रो मनन करुणाको मनन हो, जसमा तिमी समस्त प्राणीको समस्त पीडाको विचार तिनका दुःख र चिन्ताको स्पष्ट कल्पना यस प्रकार गर कि तिम्रो आत्मामा तिनका लागि गहन करुणाको सञ्चार होस् ।
२. तेस्रो मनन आनन्दको मनन हो, जसमा तिमी अरुको समृद्धिको आकाङ्क्षा गर र तिनलाई आनन्दित देखेर आनन्द लेऊ ।
३. चौथो मनन अपवित्रताको मनन हो, जसमा तिमी व्यभिचारको दुष्परिणाम माथि र पाप र रोगको प्रभावमाथि विचार गर्नेछौ । प्रायः क्षणिक सुख पनि कति क्षुद्र हुन्छ र त्यसको परिणाम पनि कति मर्मान्तक हुन्छ भन्ने जान्नेछौ ।
४. पाँचौँ मनन प्रशान्तिको मनन हो, जसमा तिमी प्रेम र घृणा, आतङ्क र उत्पीडन, धन र दरिद्रताबाट माथि उठ्नेछौ र स्वयम् आफ्नो भाग्यमाथि तटस्थ प्रशान्तिपूर्वक र पूर्ण धैर्यले विचार गर्नेछौ ।
५. क्षमा सबैभन्दा ठूलो तपस्या हो र निर्वाण सबभन्दा ठूलो सुख हो । जो अरुलाई आघात पु¥याउँदैन त्यही प्रवर्जित हो, जो अरुलाई पीडा दिँदैन त्यही श्रमण हो ।
६. जीवहिंसा नगर–नगराऊ । सुख चाहनेले न त प्राणीलाई कष्ट दिन्छन् न प्राण लिन्छन्, तिनैले सुख पाउनेछन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













