काजुलाई ड्राइफुडको राजा मानिन्छ । काजु खानमा जति स्वादिलो हुन्छ, स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि । काजुमा पाइने मैग्निसियम, कपर, आयरन, पोटासियम जस्ता तत्वहरुले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले, हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।
१. काजु हाम्रो स्वास्थयको लागि पनि निकै लाभदायक छ किनकी यसले हाम्रो शरीरलाई कमजोर हुन दिँदैन ।
२. काजुमा यथेष्ट मात्रामा आइरन, एन्ट व्याक्टेरियल तत्व, फस्फोरस जस्ता तत्वहरु पाइने हुदाँ यसले हाम्रो शरीरमा रगतको कमी पूरा गर्नुको साथै शरीरलाई मजबुत बनाउँछ ।
३. काजुमा सोडियम, सेलेनियम तथा भिटामिन इ भरपुर मात्रामा हुन्छ, जसले शरीरलाई विभिन्न समस्याबाट बचाउँछ । उच्च रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । यसले पाचन शक्ति बढाउँनुको साथै क्यान्सरको जोखिम कम गर्छ ।
४. काजुमा कोलेस्ट्रोलको मात्रा न्युन हुन्छ, जसले हृदयघातको जोखिम कम गर्छ । काजुको नियमित सेवनले कपाल झर्ने समस्या कम हुन्छ ।
५. काजुमा भिटामिन बी भरपुर मात्रामा पाइने हुँदा यसलाई शक्तिवद्धक खानाको रुपमा लिइन्छ । खाली पेटका काजु र महको सेवनले स्मरण शक्ति बढाउन मद्दत गर्छ ।
६. काजुमा जींक तत्व पनि पाइने हुँदा यसले इन्फेक्सनबाट शरीरलाई बचाउनुको साथै हाम्रो छालालाई सुन्दर बनाई राख्न मद्दत गर्छ । काजुको तेलले शरीर मालिस गर्नाले शरीरको सुख्खापन कम हुनुका साथै छाला नरम हुनुको साथै दुवीको सेता दाग कम गर्छ ।













