नयाँ दुलहीले मुस्कुराउँदै आफ्नो श्रीमानसँग भनी, थाहा छ ? मैले १६ दिनसम्म तुलसीको पत्ता मात्र खाएर दिन बिताएकी थिएँ । त्यतिमात्र होइन, दुई वर्ष प्रत्येक मंगलबार व्रत पनि बसेकी थिएँ । त्यति गरेपछि मात्र मैले तपाईंलाई श्रीमानका रुपमा पाएकी हुँ ।
त्यति नभएको भए के हुन्थ्यो ? अचम्म मान्दै श्रीमानले सोध्यो ।
त्यति नगरेको भए तपाईंभन्दा काम नलाग्ने मान्छेलाई मैले लोग्ने भन्नुपथ्र्याे । श्रीमतीले जवाफ दिई ।
जवाफ दिइन्
एक महिलाले थानामा आफ्नो घरमा चोरी भएको ३ घण्टापछि रिपोर्ट लेखाइन् । जाँच गरिरहेका अधिकारीले सोधे, तपाईंले आफ्नो घरमा सबै कपडा उताउति छरिएको देखेपछि त्यही बेला प्रहरीलाई किन फोन नगर्नुभएको ?
मलाई के थाहा कि चोरी भयो भनेर । मैले त सोचेँ कि मेरो पतिले आफ्ना सुकिला मोजा खोजेका होलान् । उदास हुँदै महिलाले जवाफ दिइन् ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













