• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हलेसीमा भैँसी र बाख्रा वितरण

by
१७ असार २०८०,
0
हलेसीमा भैँसी र बाख्रा वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको आम्दानीको स्रोत बढाउन नगरपालिकाले यस आवका लागि करिब रु तीन करोड बराबरको बजेटसमेत विनियोजना गरेको छ ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र बाख्रा वितरण गरेको छ । एघार वडा रहेको यस नगरपालिकाले ४४ जना किसानलाई माउ भैँसी वितरण गरेको छ भने ४४ वटा बोयर जातको बोका वितरण गरेको छ ।

किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी भित्र्याउने लक्ष्य लिएको नगरपालिकाले यसअघि दुई माउ भैसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैँसी प्रदान गरेको पशु सेवा शाखाका संयोजक सन्देश ताम्राकारले जानकारी दिए । संयोजक ताम्राकारका अनुसार नगरपालिकाको बाहुनीडाँडा, बडहरे, मङ्गलटार, महादेवस्थान र सल्लेमा दुई माउ भैँसी पाल्ने किसान पहिचान गरी माउ भैसी किन्न किसानलाई नै रु एक–एक लाखका दरले नगद उपलब्ध गराइएको हो ।

नगरपालिकाको सर्शत अनुदानअन्तर्गत रु ७५ लाख बजेट ४४ जना किसानलाई भैँसी किन्न रु एक–एक लाख र भैँसीलाई गोठ बनाउन प्रतिकिसान रु २०–२० हजार प्रदान गरिएको छ । सर्शत बजेटभित्रैबाट भैँसी पाएका किसानलाई दिने गरी १० लिटरको ४४ वटा मिल्क क्यान ९दूध लगाउने भाडा० खरिद गरिएको छ ।

किसानलाई वितरण गर्नकै लागि १३ वटा च्यापकटर मेसिन पनि नगरपालिकामा ल्याएर राखिएको जनाइएको छ । किसानले पालेका भैँसीबाट उत्पादित दूध सङ्कलन गर्न रु चार लाख बजेट दूध सङ्कलन केन्द्रलाई छुट्याइएको नगरपालिकाले जनाएको छ । किसानले उत्पादन गरेका दूध त्रिधार्मिकस्थल हलेसी बजारमा घरभाडामा लिएर दूध सङ्कलन केन्द्र स्थापना गरेर बिक्री गर्ने व्यवस्था मिलाइको जनाइएको छ । किसानले ल्याएका भैँसीमा कृत्रिम गर्भाधानसमेत गराएर उन्नत जातको पाडापाडी उत्पादन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।

सोही रु ७५ लाख बजेटभित्रैबाट खानेपानीका लागि ३२ वटा हिलट्याङक ल्याएर नगरपालिकामा राखिएको जनाइएको छ । आवश्यकतानुसार किसानलाई हिलट्याङ्क वितरण गरिने नगरपालिकाले जनाएको छ । वैदेशिक रोजगारमा गएका परिवार, स्वास्थ्यको अवस्था कमजोर भएको परिवार, कृषि तथा पशु समूह, कृषि तथा पशुफार्म, कृषकको हकमा १५ माउभन्दा बढी बाख्रा भएका कृषकलाई बोयर जातको बोका वितरण गरिएको छ । बाहुनीडाँडामा आठ, डिकुवामा चार, च्यास्मिटारमा तीन, बडहरेमा तीन, दुर्छिममा सात, मङ्गलटारमा तीन, महादेवस्थानमा दुई, धितुङमा चार, अर्खौलेमा चार र राजापानीमा पाँचवटा बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

रोजगारीको खोजीमा विदेश जाने युवा जमात बढ्दै गएकाले यसलाई रोक्न व्यावसायिक कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको नगरप्रमुख विमला राईले बताईन। “रोजगारीको खोजीमा युवापुस्ता दिनानुदिन विदेशिने क्रम बढ्दो छ । युवा जमातलाई रोक्न नगरपालिकाको तर्फबाट कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको छ”, उनले भनिन, “हाम्रो नगरपालिकामा त्रिधार्मिकस्थल हलेसीसमेत रहेको छ । हलेसी आउने पर्यटकका लागि समेत धान्ने गरी दूध र मासुमा आत्मनिर्भर बनाउने गरी किसानलाई कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको हो ।”

नगरपालिकाले कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरेसँगै अहिले हलेसी क्षेत्रका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । यसअघिदेखि नै व्यावसायिकरूपमा पशुपालन गर्दै आएका किसान नगरपालिकाले अनुदानमा भैँसी, बोका तथा बाख्रा उपलब्ध गराएसँगै उत्साहित बनेका छन् । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थलसमेत रहेको नगरपालिकामा दूध र मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको कार्यक्रमलाई निकै महत्वमा साथ हेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीड लाग्ने त्रिर्धामिकस्थल हलेसीमा अहिले दूध र मासु अभाव देखिएको छ ।

Previous Post

यस्तो छ करिना कपूरको फिटनेशको ‘राज’ !

Next Post

राजस्व सङ्कलनमा गिरावट

सम्बन्धित खबर

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट
समाचार

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

८ अशोज २०८३,
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
समाचार

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

८ अशोज २०८३,
प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग
समाचार

प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

८ अशोज २०८३,
बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक
फिचर-ब्यानर

बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

८ अशोज २०८३,
दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो
फिचर-ब्यानर

दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

८ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

८ अशोज २०८३,
Load More
Next Post
राजस्व सङ्कलनमा गिरावट

राजस्व सङ्कलनमा गिरावट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In