• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन्साङकोटमा प्याराग्लाइडिङको व्यावसायिक उडान

by
१३ असार २०८०,
0
मन्साङकोटमा प्याराग्लाइडिङको व्यावसायिक उडान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।स्याङ्जाको वालिङ–१ मन्साङकोटमा व्यावसायिक प्याराग्लाइडिङ हुँदै आएको छ । प्याराग्लाइडिङका लागि प्रचुर सम्भावना बोकेको यस ठाउँमा परीक्षण उडान सफल भएपछि पछिल्लो समय नियमित उडान हुँदै आएको हो ।

बाबु एडभेञ्चर प्याराग्लाइडिङ प्रालिले व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट इजाजत तथा अनुमति लिएर व्यावसायिक उडान थालेको प्रालिका सञ्चालक सानोबाबु सुनुवारले बताए । यस ठाउँमा परीक्षण उडान गरी सफल भएसँगै अहिले पूर्वाधार निर्माण गरी व्यावसायिक उडान हुँदै आएको छ ।

पर्यटकीय सहर पोखरा र सुनौली जोड्ने सिद्धार्थ राजमार्गको त्रियासीबाट नजिकैको स्थान भएकाले पनि मन्साङकोटलाई प्याराग्लाइडिङ स्थलका रूपमा विकास गर्दै लगिएको उनले जानकारी दिए । “सिद्धार्थ राजमार्गबाट नजिकैको स्थानमा अवस्थित मन्साङकोटबाट टाढाटाढाका दृश्यहरु पनि देखिन्छन्”, सञ्चालक सुनुवारले भने, “टाढाटाढासम्मको दृश्यावलोकन गर्न सकिनाका साथै ऐतिहासिक एवं पौराणिक महत्वसँग जोडिएको आँधीखोलाको किनारमा अवतरण गर्दा छुट्टै आनन्द आउने गर्छ ।”

सिद्धार्थ राजमार्ग भएर सुनौली–पोखरा गर्ने स्वदेशी तथा विदेशी पर्यटकले सडकबाटै उक्त स्थान सजिलै देख्न सक्ने र जान सक्ने भएकाले पनि यहाँ भोलिका दिनमा पर्यटकको आवागमन बढ्दै जाने जिकिर उनको थियो । हावाको बहाव राम्रो हुनु, टाढाटाढाको दृश्य सजिलै देखिने, बजारबाट नजिक रहेको मन्साङकोटबाट छोटो दूरीको प्याराग्लाइडिङ गर्न उपयुक्त रहेको सञ्चालक सुनुवारले बताए । मन्साङकोट समुद्र सतहदेखि झन्डै एक हजार तीन सय मिटरको उचाइमा रहेको छ । “छोटो दूरीको प्याराग्लाइडिङका लागि यो ठाउँ निकै उपयुक्त छ”, उनले भने, “यसको प्रचुर सम्भावना हुँदाहुँदै पनि त्यहाँसम्म पुग्ने सडक स्तरोन्नति गर्न सके मात्रै पर्यटकको आवागमन वृद्धि हुने थियो ।”

अप्ठेरो भएका स्थानमा ढलान तथा नाली निर्माण गर्ने कार्यहरु भइरहेकाले त्यहाँसम्म पुग्न सहज हुन्छ । यहाँको आकाशमा उड्नका लागि देशका विभिन्न भागसहित विदेशबाट समेत पर्यटक आउने गरेका छन् । मन्साङकोटमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएपछि यहाँको पूर्वाधार निर्माणमा जोड दिइएको मन्साङकोट पार्क संरक्षण समितिका अध्यक्ष एकनारायण काफ्लेले बताए ।

गत आर्थिक वर्षमा गण्डकी प्रदेशको वन मन्त्रालयबाट पूर्वाधार निर्माणमा रु १५ लाख विनियोजन भएको थियो । उक्त रकमले अपूरो रहेको भवनलाई पूर्णता दिनाका साथै झ्याल ढोका, रङ्गरोगन, चौपारी निर्माण, छेकबारसहित बाटो, होर्डिङ बोर्डहरु निर्माण गरिएको उनले जानकारी दिए । “मन्साङकोटबाट व्यावसायिक प्याराग्लाइडिङ सुरुआत भएसँगै गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ”, अध्यक्ष काफ्लेले भने, “कृषि र पशुपालनका क्षेत्रमा छुट्टै पहिचान बनाएको मन्साङकोट पछिल्लो समय पर्यटनसँग पनि जोडिन पुगेको हो ।”

Previous Post

नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्यो

Next Post

पचास प्रतिशत अनुदानमा किसानलाई सिँचाइ मोटर

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
पचास प्रतिशत अनुदानमा किसानलाई सिँचाइ मोटर

पचास प्रतिशत अनुदानमा किसानलाई सिँचाइ मोटर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In