काठमाडौं । बेलारूसी नेता अलेक्ज्याण्डर लुकाशेन्कोले मंगलबार आफ्ना सेनालाई ‘तम्तयार’ हुन आदेश दिएका छन्।
वाग्नर विद्रोही लडाकु प्रमुख येभगेनी प्रिगोजिनको नेतृत्वमा छिमेकी रूसमा विद्रोह बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै आफ्नो सेनालाई ‘तयार’ हुन आदेश दिएका हुन्।
‘मैले सेनालाई पूर्ण तयारीमा रहन आदेश दिएको छु,’ लुकासेन्कोले भनेका छन्।













