• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    सगरमाथा आरोहण मार्ग खुला

    सगरमाथा आरोहण मार्ग खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

परम्परागत बाली छाडेर ओखर खेती सुरु

by
११ असार २०८०,
0
परम्परागत बाली छाडेर ओखर खेती सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलेवा– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखर खेतीका लागि अनुदान दिएपछि यहाँका किसानले परम्परागत खेती छाडेर ओखर खेती सुरु गरेका छन् ।

जैमिनी नगरपालिका–३ को नौलाका गोपाल छन्त्यालले परम्परागतरुपमा मकै र कोदो लगाउँदा सोचेजस्तो फाइदा कमाउन नसकेको बताए। उनले मकै र कोदो लगाए पनि राम्रो उत्पादन नहुँदा मेहनत मात्रै खेर गएको बताए ।

स्थानीय प्रेमबहादुर छन्त्याल र खिमबहादुर छन्त्यालले पनि मकै र कोदो उत्पादनबाट फाइदा लिन नसकेपछि वैकल्पिक खेतीको जोहो गरेका थिए । उनीहरूले केही बारीमा आलु लगाएको थियो भने धेरै बारी बाँझो बन्न थालेको थियो । गाउँबाट सहर जाने, बसाइँ सर्ने, गाउँमा गोरु नपाउने, गाईभैँसी पाल्नेको कमी हुँदा मल कम भएकाले उत्पादन घटेको उनीहरूको भनाइ थियो ।

‘दैनिक स्याहार गर्ने खेतीपाती लगाउन नसकेकाले विकल्प खोज्दा ओखर खेती भेटियो । केही वर्षअघि परीक्षणका रुपमा लगाइएको ओखरले राम्रो फल दिएपछि ओखर खेती गर्ने योजना बनाएको हो’, प्रेमबहादुरले भने, ‘मेरो बारीमा भएका दुई वटा बोटमा लटरम्म फलेको छ । व्यावसायिकरुपमा खेती गर्दा फाइदा हुने देखिएपछि अहिले बिरुवा ल्याएर रोपेका छौँ ।’ उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बिरुवामा अनुदानमा दिएपछि दाजुभाइ मिलेर ओखर लगाएका हुन् ।

यहाँका किसानले गठन गरेको ‘छन्त्याल कृषक समूह’मा आबद्ध भएका तीन भाईले एकसय रोपनी जमिनमा परियोजनाले उपलब्ध गराएको बिरुवा रोपेका छन् । एक हजार दुई सय बिरुवा रोप्नका लागि रू १७ लाख खर्च भएको परियोजनाले जनाएको छ । खर्चमध्ये परियोजनाले रू १० लाख अनुदान दिएको र बाँकी रकम तीन भाइले खर्च गरेका परियोजनाका प्रमुख सुजित पौडेलले बताए। उनका अनुसार बिरुवा रोप्न परियोजनाले अनुदान दिएको छ भने खाडल खन्ने, मल, घेराबारको सुरक्षा, सरसफाइ र सिञ्चाइलगायत कामका लागि तीन भाइले रू सात लाख खर्च गरेका छन् ।

परियोजनाले कृषि फसलको ब्लक र जोन बनाएर ओखर उत्पादनलाई जोड दिएको पौडेलको भनाइ छ । ‘परम्परागत कृषिभन्दा फरक खेती गरेर धेरै उत्पादन आउने काममा हामीले साथ दिएका छौँ’, उनले भने, ‘सात वर्षसम्म ती ब्लक र जोनमा समूह र व्यक्तिगत फार्ममा साथ दिने परियोजनाको योजना छ ।’ थप चार वर्ष प्राविधिक सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्य राखेको उनले बताए ।

जुम्लाबाट झिकाइएका ओखरका बिरुवा रोपेर अहिले नौलाको बाँझिएको खरबारी र बस्न छाडेको घरबारीसमेत हरियाली भइसकेको छ । ओखरका बिरुवा तीन वर्षमा फल्न सुरु गर्ने जैमिनी नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । ‘कलमी बिरुवा भएकाले यो वर्ष पनि एक(दुई दाना लागेको थियो, तर टिपेर फालिदिनु भनेका थियौँ’, उनले भने, ‘तीन वर्षपछि मात्र फल राखियो भने गुणस्तरको फल्छ ।’ छन्त्याल समूहमा आबद्ध धेरै किसान छन् ।

उनीहरुमध्ये तीन जनाले ओखर खेती सुरु गर्नुभएको राखिएको शर्माले जानकारी दिए। ‘अरु किसानमध्ये केहीले बाख्रा पालनमा र केहीले आलु खेतीमा अनुदान पाएका छन्’, उनले भने। उनका अनुसार बाख्रामा परियोजनाले सहयोग गरेको छ भने आलुमा नगरपालिकाले लगानी गरेको हो ।

आलु खेतीका लागि नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिनुका साथै किसानको बीउ, बजारीकरणलगायत काममा नगरपालिकाबाट प्राविधिक सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ ।

हाल लगाएको ओखरका एक हजार दुई सय बिरुवामध्ये एक(दुई वटा मात्र मरेको, सबै सरेर हरियाली बनिसकेकाले अरु बिरुवा पनि थप्ने योजना रहेको खिमबहादुर छन्त्यालले बताएका छन् । नौला गाउँको माथिल्लो बस्तीको जमिन ओखर खेतीका लागि उपयुक्त रहेको कृषि प्राविधिकको भनाइ छ ।

Previous Post

चलिचत्र ‘बगान’को गीत ‘न वारमा छु, न पारमा छु’ सार्वजनिक

Next Post

होन्डुरसमा हिंसा बढ्यो, एकैरात २० जनाको मृत्यु

सम्बन्धित खबर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित
फिचर-ब्यानर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

३१ बैशाख २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
फिचर-ब्यानर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

३१ बैशाख २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
समाचार

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

३१ बैशाख २०८३,
अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका
समाचार

अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

३१ बैशाख २०८३,
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
समाचार

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

३१ बैशाख २०८३,
सगरमाथा आरोहण मार्ग खुला
फिचर-ब्यानर

सगरमाथा आरोहण मार्ग खुला

३१ बैशाख २०८३,
Load More
Next Post
होन्डुरसमा हिंसा बढ्यो, एकैरात २० जनाको मृत्यु

होन्डुरसमा हिंसा बढ्यो, एकैरात २० जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In