आफ्नो प्रशान्तिको रक्षाको साथसाथै परोपकारको भावना मनमा एवं कर्ममा रहनुपर्छ । परन्तु अनासक्ति एवं त्यागको दिव्यताको स्पर्श छैन भने यो परोपकार पनि अखाडाई गाँजा भाँग एण्ड कम्पनी बन्न पुग्नेछ । समयको अप्रयत्न प्रवाहका लागि परोपकार अत्यन्त जरुरी छ । मनलाई सत्, चित्, आनन्दमा प्रतिष्ठित भई रहन त्याग एवं अनासक्त भाव जरुरी छ ।
समताको प्रशान्तिमा कुनै पनि प्रकारको सलबल आउन दिन हुन्न तब मात्रै मौनको प्राण स्मृति मैत्रीमा परोपकारको सौम्यताका साथ अनासक्तिबाट प्राप्त प्रशान्ति भइरहेको हुनाले स्मृति कहीं, केही गर्दा पनि प्राणबाट पर जान तथा अति आवश्यकबाहेक गप्प, विकल्पको के कुरा सङ्कल्प या सत्सङ्गको पनि हस्तक्षेप मनमा रहँदैन यो नै अपेक्षित प्रायोगिक जीवनको अनुभव हो । कहीँ पनि त्यहाँ गएर वस्तु भन्ने योजनाले गइयो भने समय के प्रभाव प्रारम्भ हुन्छ तथा निद्र्वन्द्व मन उपस्थित हुँदैन ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













