जसले मानवमा (नारीपुरुष) भेद गरेर पुस्तक लेखे र व्याख्या गरे । ती सबै ऋषि, आचार्य समाजका गुलाम, अन्धविश्वासका ठेकेदार मनस शास्त्रका अज्ञानी तथा आत्मज्ञानमा शून्य भएका व्यक्ति नेता मात्रै थिए । को को हुन् भन्नु व्यर्थ हो जसका नाममा पुस्तक छन् । ती सबै एकजस्तै अज्ञानी, भ्रमित, स्वार्थी थिए ।
विश्वास भनेको व्यावहारिक तथ्य हो । यसले भेद, वर्गवाद, निन्दा र युद्धको विकास गर्छ । अनुभव भनेको स्वप्नजस्तो हो जो मानिन्छ, कल्पना गरिन्छ, देश, काल, स्वभाव र स्वास्थ्य अनुसार मनले प्रक्षेप गरेको तथ्य अनुभवमा आउँछ, यो पनि तुच्छ र व्यर्थ हो । साक्षात्कार तब सम्भव हुन्छ जब मन सबैतर्पmबाट स्वतन्त्र भएर आफ्नो जन्म हेर्न सक्छ ।
मनुष्य जन्म एक सुयोग हो, यो अत्यन्त दुर्लभ छ । यसै जन्ममा आपूmलाई चिन्ने, जिज्ञासा राख्ने नरनारी सत्यका निकट हुन सक्छन् । धेरै थोरैको मतलव छैन । जसले पनि जीवनको सार्थकता चाहन्छ, उसमा सन्तोष, त्याग, वैराग आउनुपर्छ । तन, मन, धनले गुरुसेवाको तत्परता चाहिन्छ । कसैको निन्दास्तुति नगर्ने एकान्त शान्तमा श्वास हेर्ने अभ्यासमा प्रायः समय लगाउनुपर्छ । संसारका सामाजिक इज्जत रिश्तेदारहरू, शरीरका व्यर्थ, अनावश्यक सम्पर्क वा कर्मको समाप्ति हुनुपर्छ । बाँकी अध्यात्मयोगको काम स्वतः हुनेछ ।
व्यवहार चलाउन सञ्चालित भाषा, देश, जाति, धर्म, राष्ट्रजस्ता सुविधाका विभाजनलाई गौरव प्रदान गर्नाले तथा मानसिक स्थायित्व सुरक्षाको कामना जो कि कहीँ पनि कहिल्यै पनि थिएन, छैनमा विश्वास गर्नाले महत्व दिनाले वर्तमान विश्वको समस्या आएको हो ।
अज्ञान र आग्रहका हठवादमा फँसेका धर्माचार्य भ्रमित र उच्छृङ्खल युवावर्ग, ढोंगी र पाखण्डी बुजुर्गवर्ग, लोभी लालची र भ्रष्ट नेता वा सामन्तवर्ग । यस्तो भयङ्कर स्वार्थ कपट र भेदभावपूर्ण वातावरणमा एक बुद्धिमान् शान्तिप्रिय मनुष्यले के गर्न सक्छ ? हजुरको अभिमत जान्न जिज्ञासा छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













