• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

    संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

    खाने हैन त ‘दुर्गा मोही’ ?

    खाने हैन त ‘दुर्गा मोही’ ?

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

    भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

    भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाढी पहिरो अपडेटः ५ जनाको मृत्यु, २८ बेपत्ता

by
४ असार २०८०,
0
बाढी पहिरो अपडेटः ५ जनाको मृत्यु, २८ बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – शनिबार राति आएको वर्षाका कारण ताप्लेजुङसहित पाँचथर र संखुवासभामा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्।

मनसुनको सुरुवातमै शनिबार रातिको अविरल वर्षाले पाँचथर, ताप्लेजुङ, संखुवासभालगायत जिल्लामा क्षति पुर्‍याएको हो । प्रदेश प्रहरी कार्यालय कोसीका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार हालसम्म ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरमा दुई, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा एक–एकजना छन् ।

बाढीमा २८ जना अझै बेपत्ता भएका छन् । सबैभन्दा धेरै संखुवासभामा २० जना हराइरहेको प्रवक्ता कँडेलले बताए । हराएकामध्ये अधिकांश संखुवासभास्थित सुपर हेवा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी र मजदुर रहेका छन् । पाँचथरमा पाँचजना र ताप्लेजुङमा तीनजना हालसम्म बेपत्ता छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । ‘पहाडमा भौगोलिक रूपमा पनि खोजी गर्न समस्या हुन्छ । यद्यपि, प्रहरीले खोजी गरिरहेको छ,’ कँडेलले भने ।

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कोसीका विभिन्न जिल्लामा २० घर बगाएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार संखुवासभामा १० घर बाढीपहिरोले बगाएको र आठ घरमा आंशिक क्षति पुगेको छ । पाँचथरमा १० घर बाढीपहिरोले बगाएको छ । बाढीपहिरोका कारण पाँचथरका ३१ घरपरिवार विस्थापित भएर आफन्तको शरणमा पुगेका छन् । इलाममा एउटा घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।

संखुवासभाको पाँचखपन नगरपालिका– ४ र चैनपुर नगरपालिका– ९ को बीचमा पर्ने हेवाखोलाको बाढीले व्यापक क्षति पुर्‍याएको छ । बाढीले चैनपुर र पाँचखपन नगरपालिकामा १० घर बगाएको छ भने १९ जना बेपत्ता भएका छन् । मोटरेबल पुल भाँचिएपछि दुई पालिकबीच आवातजावतमा समस्या हुनुका साथै वैकल्पिक घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता छ ।बाढीमा परी सुपर हेवा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी र मजदुर गरी १९ जना सम्पर्कविहीन भएकामा एकजनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार पाँचखपन– ९ का सन्तोष राईको मृत्यु भएको हो । बाढीमा परेर घाइते भएका कम्पनीका तीनजना मजदुरले बताएअनुसार १८ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको र खोजीकार्य जारी रहेको डिएसपी गोदारले बताए । जलविद्युत् आयोजनाको निर्माणको काममा खटिएकाहरू खोलाछेउमै टहरा हालेर बसेका थिए । तर, राति एक्कासि बाढी आउँदा क्षति भएको हो ।

बाढीमा परी पाँचपखन घर भएका कम्पनीका मेसिन अपरेटर दीपक मगर, इटहरी घर भएका साइट इन्चार्ज सन्तोष ढकाल, चैनपुर घर भएका ट्र्याक्टरचालक भुवनसिंह तामाङ, पाँचपखन घर भएका इलेक्ट्रिसियन सुवाहाङ राई, झापा घर भएका सुपरभाइजर फौदबहादुर कार्की, घनकुटा घर भएका मेसिन अपरेटर गणेश गिरी, इलाम घर भएका मेसिन हेल्पर राजकुमार राई, झापा घर भएकी कुक मीना श्रेष्ठ र चैनपुर घर भएका हेल्पर ज्ञानबहादुर लिम्बूको अवस्था अज्ञात छ । कामदारहरू कैलालीका रामजनम थारू, अमर थारू र सीता थारू तथा बर्दियाका राहुल थारू, रोहित थारू, पुलसत थारू, कालीराम थारू, सुगत थारू र राजाराम थारूको अवस्था अज्ञात रहेको उनले बताए ।

सभापोखरी पहिरोमा परी एक दम्पती बेपत्ता भएका छन् । सभापोखरी– ३ सुनौम्ला गाउँमा पहिरोमा गरी स्थानीय ६० वर्षीय गणेश राई र उनकी श्रीमती सञ्चमाया राई बेपत्ता भएका हुन् । गोठ पहिरोले बगाउँदा गोठमै रहेका उनीहरू बेपत्ता भएको प्रहरीको भनाइ छ । संखुवासभाको चैनपुर र पाँचखपनको बीचको हेवाखोला, चैनपुरको पिलुवा र मायाखोलामा आएको बाढीले तटीय क्षेत्र र बस्ती निकै जोखिममा परेको र अझै वर्षाको सम्भावना रहेकाले सुरक्षित स्थानमा रहन स्थानीय प्रशासन र स्थानीय सरकारले अनुरोध गरेका छन् । पाँचखपन नगरपालिकामा विस्थापित परिवारलाई स्थानीय सरकारले राहत वितरण र बसोवासको व्यवस्थापन गरेको छ ।

Previous Post

किसानले ६ रुपैयाँ नपाउने गोलभेडा उपभोक्तालाई ४०

Next Post

आदिपुरुष बिबादः आज देखी काठमाडौंमा हिन्दी सिनेमा नचल्ने

सम्बन्धित खबर

ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

८ अशोज २०८३,
संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

८ अशोज २०८३,
खाने हैन त ‘दुर्गा मोही’ ?
आवाज

खाने हैन त ‘दुर्गा मोही’ ?

८ अशोज २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

८ अशोज २०८३,
भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

८ अशोज २०८३,
भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
समाचार

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

८ अशोज २०८३,
Load More
Next Post
आदिपुरुष बिबादः आज देखी काठमाडौंमा हिन्दी सिनेमा नचल्ने

आदिपुरुष बिबादः आज देखी काठमाडौंमा हिन्दी सिनेमा नचल्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In