काँधमा वृथ्वीको नमुना (ग्लोब) बोकेर हिँडेको जस्तो देखिने एक अनौठो कीरा हुन्छ, जसलाई एटलस कीरा पनि भनिन्छ । किकाडा नाम गरेको यो विशेष प्रकारको कीराको काँधमा ग्लोबझैँ गोलो र ठूलो डल्लो बनेको हुन्छ । परैबाट हेर्दा साँच्चै पृथ्वीको नमुना बोकेको भन्ने भान हुन्छ । किनकि त्यो गोलो डल्लाभरि बीचबीचमा टाटेपाटे थोप्लाहरु मिलेर देशका नक्साझैँ बनेका हुन्छन् ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













