काठमाडौँ । नेपालले हङकङमा जारी एसिसी महिला टी– २० इमर्जिङ टिम्स एसिया कपबाट बाहिरिएको छ ।
आज हुने हङकङविरुद्धको खेल बर्षाले रद्ध भएपछि नेपाल सेमिफाइनल पुग्न असफल भएको हो । आजको खेलमा नेपाल र हङकङले खेल रद्ध भएपछि एक एक अंक बाडेका थिए । यसका साथै नेपालले ३ खेलमा २ अंक हासिल गर्दै समुह ए मा तेस्रो स्थानमा रहदै बाहिरिएको हो । त्यस्तै हङकङको पनि ३ खेलमा २ अंक रहेको छ र समुहमा पुछारमा रहेको छ ।
नेपालले पहिलो खेलमा पाकिस्तानविरुद्ध हार बेहोरेको थियो भने दोस्रो खेल भारत ए विरुद्ध बर्षाले हुननसक्दा खेल रद्ध भएको थियो ।
यसका साथै समुह ए बाट भारत ए र पाकिस्तान ए टिम सेमिफाइनलमा पुगेका छन् । यस समुहबाट समुह विजेताको टुंगो आजै हुने दुवै देशको खेलबाट लाग्ने छ ।
त्यस्तै समुह बि बाट बंगलादेश समुह विजेता हुदै र श्रीलंका ए टिम उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।













