• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पवित्र मुक्तिनाथ क्षेत्रः कति अव्यवस्थित, कति फोहोर

by
२ असार २०८०,
0
पवित्र मुक्तिनाथ क्षेत्रः कति अव्यवस्थित, कति फोहोर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हिमाल पारीको भूमि मुस्ताङ जिल्लामा समुन्द्री सतहबाट झण्डै ३८०० मिटरको उचाइमा भगवान श्री विष्णुको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको मुक्तिनाथ मन्दिर अवस्थित छ। मुक्तिनाथ क्षेत्रको बारेमा हिमवत्खण्डमा पुराणमा वर्णन गरेको पाइन्छ। पौराणिक मान्यता, लोककथा तथा किंवदन्तीअनुसार ब्रह्माजी स्वयं होता बनेर यज्ञ गर्नु भएको, शिवजीले अग्नि स्वरूप धारण गर्नु भएको र विष्णुजीले पानी रूप धारण गर्नु भएको भन्ने मान्यता छ।

अर्को तर्फ राक्षसराज जालन्धरकी पत्नी वृन्दाको श्रापबाट भगवान विष्णु शिलाको रूप धारण गर्दै शालिग्राम बनेर यस क्षेत्रमा उत्पन्न हुनु भएको भन्ने विश्वास रहि आएको छ। पवित्र दामोदर कुण्डबाट उत्पन्न हुने कालीगण्डकी सेरोफेरोमा प्रसस्त मात्रामा शालिग्रामहरू अहिले पनि पाईन्छन्। यस क्षेत्रमा भगवान विष्णुले तपस्या गर्दा उहाँको शरीरबाट छुटेका पसिनाले जलको रूप धारण गरि १०८ धाराको रूप लिएको लोक मान्यता रही आएको छ। उक्त १०८ धारामा स्नान गर्दा पूर्ण स्नान प्राप्त हुने मान्यता छ। मुक्तिनाथ क्षेत्रलाई मुक्तिक्षेत्र पनि भनिन्छ। उक्त स्थान मोक्ष प्राप्तिको स्थल भएकोले मुक्तिक्षेत्र भनेर चिनिन्छ। उक्त क्षेत्रमा सूर्यकुण्ड, दूधकुण्ड लगायत पवित्र कुण्डहरू छन्। कालिगण्डकी र गण्डकीको संगमलाई कागबेनी भनिन्छ। कागबेनीमा पितृश्राद्ध गरे पश्चात पितृहरूको मोक्ष हुने मान्यता छ।

हिन्दु धर्मावलम्बीहरूले उक्त क्षेत्रलाई मुक्तिक्षेत्र मान्छन् भने बुद्ध धर्मावलम्बीहरूले छुमिङ ग्यात्सा भन्छन्। तिब्बती भाषामा छुमिङ ग्यात्साको अर्थ सय पानी भन्ने हुन्छ। तिब्बती बुद्ध धर्मावलम्वीहरूको २४ तान्त्रिक तीर्थस्थल मध्ये मुक्तिनाथ १ तीर्थस्थल मानिन्छ। वैष्णव धर्मावलम्बीहरूले १०८ दिव्य देश मध्य १ दिव्य देश मान्दछन्। उक्त क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको संगमस्थल तथा सद्‌भाव र एकताको केन्द्र हो भन्दा अतिशयोक्ति नहोला।

आध्यात्मिक तथा धार्मिक महत्वका साथसाथै उक्त क्षेत्र प्राकृतिक, सांस्कृतिक, जैविक तथा सामाजिक दृष्टिकोणबाट पनि अत्यन्तै महत्वपूर्ण छ। महाभारत, उच्चमहाभारत पर्वत शृङ्खला हुँदै हिमालय शृङ्खला पार गरेर जानु पर्ने हिमाल पारीको भेग साँच्चिकै अत्यन्त मनोरम, मनमोहक र सुन्दर छ। लामो र कठिन यात्रा गर्दै जब म्याग्दी जिल्ला पार गरेर मुस्ताङ जिल्ला प्रवेश गरिन्छ, तब श्रद्धालु तथा यात्रीहरूले यात्राका सारा दुख बिर्सन पुग्छन्। जति हेरे पनि हेरौं हेरौं लाग्ने प्राकृतिक मनोरम दृश्यहरूलाई शब्दमा वर्णन गर्न सम्भवै छैन। यिनै कारणहरूले पनि सदियौँ देखि हजारौं ऋषि मुनिहरू लगायत श्रद्धालुहरूले यात्रा गर्दै आएको यस क्षेत्रमा हालका दिनमा यातायातको सुविधा भए सँगै नेपालका बिभिन्न क्षेत्रका श्रद्धालुहरूको ठूलो उपस्थिति रहने गरेको छ। परापूर्व कालदेखि मुक्तिनाथ दर्शनमा आउने भारतीयहरूको संख्या पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यात्रा गरे सँगै उल्लेख्य मात्रामा बढेको पाइन्छ। यस क्षेत्रको महिमा तथा महत्व निकै उच्च रहेपनि श्रद्धालुहरूको बढ्दो आस्था र उपस्थिति सँगसँगै व्यवस्थापन लगायत विषयमा खासै उल्लेख्य सुधार हुन नसकेको प्रष्ट देखिन्छ।

मन्दिर परिसर

मुक्तिनाथ मन्दिर परिसरमा एकातर्फ पौराणिक मुक्तिनाथ मन्दिर अवस्थित छ। अर्कोतर्फ बुद्ध धर्मावलम्बीहरूले नयाँ पद्मासनमा आसिन बुद्धको मूर्ति सहित ठूलो परिसरमा राम्रो र व्यवस्थित तवरले विकास गरि रहेका छन्। बुद्ध मन्दिर परिसर जति सरसफाइ र व्यवस्थित छ, त्यसको तुलनामा मुक्तिनाथ मन्दिर परिसर व्यवस्थित र सरसफाइयुक्त छैन। ब्राह्मणबाट नित्य पूजाआजा गरेर झुमाहरूबाट दर्शन तथा प्रसाद वितरण गरिने उक्त मन्दिर बिहान ७ देखि ७स्३० मा मात्र भक्तजनहरूका निम्ति खोलिँदा बढ्दो सङ्ख्यामा मुक्तिनाथ दर्शन गर्न जाने भक्तजनहरूलाई असुविधा भएको देखिन्छ। हिन्दु तथा बौद्धहरूको पवित्र धार्मिक स्थलमा मूल ढोकाको बाहिरसम्म सुरक्षामा कटिएका प्रहरीहरूले छालाको बुट लगाएर जाने र छालाको बुटसँगै प्रहरीले आरतीको समयमा शंख बजाउने कार्यले सयौँ हजारौं कोष टाढाबाट आस्था पूर्वक जाने श्रद्धालुहरूलाई खिन्नता बनाउने गरेको देखिन्छ।

ब्राह्मणबाट नित्य पूजाआजा गरेर झुमाहरूबाट दर्शन तथा प्रसाद वितरण गरिने उक्त मन्दिर बिहान ७ देखि ७स्३० मा मात्र भक्तजनहरूका निम्ति खोलिँदा बढ्दो सङ्ख्यामा मुक्तिनाथ दर्शन गर्न जाने भक्तजनहरूलाई असुविधा भएको देखिन्छ। हिन्दु तथा बौद्धहरूको पवित्र धार्मिक स्थलमा मूल ढोकाको बाहिरसम्म सुरक्षामा कटिएका प्रहरीहरूले छालाको बुट लगाएर जाने र छालाको बुटसँगै प्रहरीले आरतीको समयमा शंख बजाउने कार्यले सयौँ हजारौं कोष टाढाबाट आस्था पूर्वक जाने श्रद्धालुहरूलाई खिन्नता बनाउने गरेको देखिन्छ।

स्थानीय संस्कृति तथा वास्तुकला

मुक्तिनाथ क्षेत्रमा पाइने विशिष्ट प्रकारको संस्कृति त्यस क्षेत्रको मात्र नभई नेपालकै विशिष्ट निधि हुन। तर पछिल्लो चरणमा यातायातको विकास र बढ्दो श्रद्धालुहरू तथा पर्यटकहरूको उपस्थित सँगसँगै बिकसित बस्ती तथा बजारहरूको कारण बिस्तारै बिस्तारै परम्परागत संस्कृति उपर अतिक्रमण हुँदै गरेको पाइन्छ। विकास र आधुनिकीकरणको नाममा परम्परागत वास्तुकला द्रुतगतिमा ह्रासोन्मुख छन्। यस्ता गतिविधिहरूलाई मन्दिर व्यवस्थापन, स्थानीय सरकार, केन्द्र सरकार तथा सरोकारवाला निकायहरूले समयमै अनुगमन तथा नियमन गर्दै नियन्त्रण गरि परम्परागत संस्कृति र वास्तुकलाको संरक्षण, संवर्द्धन तथा विकास गर्न आवश्यक छ।

यातायात

पहिलेको तुलनामा यातायातको क्षेत्रमा युगान्तकारी परिवर्तन भए पनि,ब ढ्दो भक्तजनहरू र पर्यटकहरूको तुलनामा यातायातको उचित विकास हुन सकेको छैन। खासगरिकन म्याग्दी जिल्लामा मुस्ताङ जिल्लाको तुलनामा सडक सुधारका कार्य हुन सकेको छैन। हुन त भौगोलिक बिकटता आफ्नो ठाउँमा जिम्मेवार छ। तथापि जति द्रुत गतिमा विकास हुनु पर्ने हो त्यति भएको पाइदैन। तसर्थ सम्बन्धित निकायले तत्काल यस क्षेत्रमा ध्यान दिन आवश्यक छ।

स्थानीय संस्कृति र गाउँघर

मुक्तिनाथ क्षेत्रको संस्कृति र ग्रामीण परिवेश विशिष्ट प्रकारको छ। उक्त क्षेत्रको संस्कृतिको संरक्षण, संवर्द्धन र विकास गर्दै मुक्तिनाथ पुगेका श्रद्धालुहरू तथा पर्यटकहरू ग्रामीण बस्तीहरूमा पुग्न सक्ने वातावरणको निर्माण गरि, विशिष्ट संस्कृतिसँग चिरपरिचित गराउन सके स्थानीय संस्कृतिको संवर्द्धन र विकासको साथसाथै स्थानीय बासिन्दालाई रोजगारी र आय आर्जनको उपर्युक्त माध्यम हुने थियो। यसर्थ उक्त विषय तर्फ समयमै सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक छ।

बसाइ लम्ब्याउने उपाय

मुक्तिनाथ क्षेत्रको प्रत्येक थुम्का डाँडा तथा स्थानहरू अत्यन्त मनोरम र मनमोहक छन्। उक्त स्थानहरूमा साइकिलिङ, घोडचढी, पदयात्रा, योग केन्द्र, प्राकृतिक उपचार केन्द्र लगायत विविध क्षेत्रको विकास गरेर पर्यटनको बसाइ लम्ब्याउन सकिन्छ। मुक्तिनाथ दर्शन गर्न जाने श्रद्धालुहरू तथा पर्यटकहरूलाई बढी भन्दा बढी समय मुक्तिनाथ क्षेत्रमा राख्न सक्ने वातावरणको विकास गर्न सके स्थानीय स्तरमा ठूलो रोजगारी लगायत अन्य अवसरहरूको विकास र बिस्तार हुने थियो। तसर्थ सरोकारवाला निकायले उक्त विषयमा गहन रूपमा मनन गर्न आवश्यक छ।

समग्रमा मुक्तिनाथ क्षेत्रको प्रसिद्धि महान अनि कमजोर व्यवस्थापन छ। मुक्तिनाथ पवित्र तीर्थस्थल मात्र नभएर, नेपाल र नेपालीको पहिचान र गर्वको स्थल पनि हो। यस क्षेत्रको समग्र विकास र उत्थान नेपाल र नेपालीकै विकास र उत्थान हो। तसर्थ हामी सबै सकेसम्म कम्तिमा जीवनमा एक पटक मुक्तिनाथको यात्रा गरि दर्शन गरौँ। प्रचारप्रसार गर्दै अरूलाई पनि

Previous Post

महावीरका केही अमर वाणीहरु

Next Post

टिप्सः कुलत छुटाउने सजिलो तरिका

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
टिप्सः कुलत छुटाउने सजिलो तरिका

टिप्सः कुलत छुटाउने सजिलो तरिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In