मस्तिष्क स्वस्थ भएमा मात्र व्यक्तिले सहज रुपमा काम गर्न सक्छ तर विविध कारणवश आजकलको जीवनशैलीमा मस्तिष्कले पूर्ण पोषण नपाउने र शान्त रहन नसक्ने कारणले गर्दा मानिसको दिमागका कोशिकाहरूले काम गर्न सकिरहेका हुँदैनन् । देख्दा सामान्य लाग्ने तर त्यस्ता खराब बानीहरु छन् जसले हाम्रो दिमाग भुत्ते बनाइरहेको हुन्छ—
– शरीरमा चिनीको मात्रा बढी खाएमा दिमागको कग्निटिभ स्किल र सेल्फ कन्ट्रोललाई नराम्रोसँग प्रभावित पारी त्यसले स्मरणशक्ति कमजोर बनाइदिन्छ ।
– बिहानको खाना नखाई हिँड्नाले दिमागले आवश्यक तत्वहरू पाउँदैन । यसले गर्दा दिनभरि कमजोरी अनुभव हुने हुँदा दिमागले राम्ररी काम गर्न सक्दैन ।
– बढी रिसाउँदा मस्तिष्कका रक्तधमनीमा दबाब पर्नेहुनाले रोग निम्तिनुको साथै दिमाग कमजोर हुने जोखिम रहन्छ । क्रोधले मानिसको दिमागी क्षमतालाई घटाउँछ ।
– मज्जाले नसुतेमा मस्तिष्कका कोशिकाहरूले आराम पाउँदैनन् जसले गर्दा दिनभरि थकान, कमजोरी र आलस्यको अनुभव हुन्छ । राति सुत्दा मुख छोपेमा पूरा अक्सिजन नपाएकोले दिमागलाई रिल्याक्स गर्न दिँदैन जसले गर्दा मस्तिष्कमा नराम्रो असर पर्छ । यी सब कुराबाट बच्नका लागि दिनको सात आठ घन्टा मज्जाले सुत्नु आवश्यक छ ।
मस्तिष्कको स्वास्थ्यका लागि दैनिक खान्कीमा स्वस्थ आहारलाई समावेश गर्नुस् । फर्सीको बियाँ, डार्क चकलेट, ब्रोकाउली, बदाम, ओखर, ग्रीन टी, अनार लगायतका कुरा खानुस् । यिनमा भएका औषधीय गुणहरूले दिमागलाई पूर्ण पोषण उपलब्ध गराउँछन् । अनि मस्तिष्क विकसित हुन्छ ।













