मकै स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ । यसमा धेरैथरी मिनरल पाइन्छन् र तिनले शरीरलाई पौष्टिक आहार दिन्छन् । हरियो मकैलाई उमालेर खाजाका रूपमा वा तरकारीसँग खान सकिन्छ ।
फाइदाहरु
– हरियो मकैमा पाइने भिटामिन सी, केरोटेनाइड र फाइबरले शरीरमा कोलेस्ट्रोल कम गरेर रक्तकोशिकालाई सफा बनाउने हुँदा मुटुले राम्ररी काम गर्न पाउँछ ।
– हरियो मकै नियमित रुपमा खाने गर्नाले यसमा भएको भिटामिन ए र सीको कारण छालामा चमक आउनुको साथै चाउरी पर्न बाट पनि बचाउँछ । आँखा स्वस्थ राख्नका लागि पनि मकै अवश्य खाने गर्नुपर्छ ।
– मकैमा भएको एन्टीअक्सीडेन्ट र फ्लेवेनाइड गुणका कारण क्यान्सर जस्तो गम्भीर रोग लाग्नबाट पनि बचाउँछ ।
– मकैमा उपलब्ध जिंक, फोस्फोरस, म्याग्नेसियम र फलामजस्ता तत्वले हाड बलियो बनाउनुको साथै बाथ वा जोर्नीका समस्या भएका मानिसलाई समेत मकैले फाइदा पु¥याउँछ ।
– मकैमा भरपूर मात्रामा आइरन हुने हुँदा यसको नियमित सेवनले शरीरमा रगतको कमी हटाउनका लागि लाभदायक हुनुको साथै मकैमा प्रशस्त मात्रामा पाइने कार्बाेहाइड्रेटले शरीरलाइ ऊर्जा प्राप्त हुन्छ ।
– उमालेको हरियो मकैमा पाइने फाइबरका कारण यसले पेट सफा गरेर कब्जियत हटाइदिन्छ ।













