काठमाडौं । नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको मुख्य बाँधको ‘अपमानजनक’ उल्लङ्घन ९आक्रमण० भएकामा निन्दा गरेका छन् । यस्तो गतिविधिले मस्कोको आक्रमणबाट भएको विनाशको विद्रूपरूपको उजागर गरेको उनको टिप्पणी छ ।
‘काखोभका बाँधको विनाशले आज हजारौं नागरिकलाई जोखिममा पारेको छ र गम्भीर वातावरणीय क्षति पुर्याएको छ । यो एक अपमानजनक कार्य हो, यसले युक्रेनमा रुसको युद्धको क्रूरतालाई फेरि एक पटक छताछुल्ल पारेको छ’, स्टोलटेनबर्गले ट्विटरमा उल्लेख गरेका छन् । दक्षिण युक्रेनको खेरसान प्रान्तस्थित काखोव्का बाँध भत्किंदा हजारौं मानिस विस्थापित भएका छन् । यसबाट ८० सहरका मानिस प्रभावित हुनसक्ने अनुमान छ ।
निप्रो नदीमा बनाइएको बाँध सोमबार बिहान भत्किएपछि पानीको बहाव बाढीजस्तो बनेर वस्तीमा पसेको छ । यसबाट कयौं वस्ती जलमग्न भएका छन् । बाँध भत्किएपछि खेरसन सहर बढी प्रभावित भएको छ । ८० हजार मानिसलाई त सुरक्षित स्थानमा सारिएको छ । यसले खेरसन सहरमा गम्भीर संकटको स्थिति ल्याउन सक्ने युक्रेनका अधिकारीहरुले बताएका छन् । बाढी र डुबानबाट प्रभावितहरुलाई खेरसानसँग जोडिएको मिकोलाइब भन्ने स्थानमा अस्थायी शिविर बनाएर राखिएको छ । प्रभावितहरुका लागि खाना, कपडा र औषधिको व्यवस्था गर्ने काम भइरहेको छ ।













