काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि ४६ जनालाई सिफारिस गरेको छ ।
सोमबार बसेको गृहमन्त्रालय बढुवा समितिको बैठकले ४६ जनालाई प्रहरी नायव उपरीक्षकपदमा बढुका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
गृहमन्त्रालय बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको गृहमन्त्रालय प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी नायव उपरीक्षकमा पदमा बढुवाका लागि सिफारिस भएका ४६ जना जनाको सुची हेर्नुहोसः















