(पढ्न गएर आएको नातिसँग कुरा गर्दै हजुरबुवा)
हजुरबुवाः कति पढिस् नाति ?
नातिः बी.ए. हजुरबुवा ।
हजुरबुवाः थुक्क उल्लू । यतिका वर्ष लगाएर जम्मा दुईवटा अक्षर पढिछस् त्यो पनि उल्टो ।
हुन्न सर ?
कक्षामा श्रीकृष्ण अलि चञ्चल स्वभावको थियो । एकदमै होहल्ला भैरहेको बेलामा सर पढाउन आउनुभयो । यस्तो हल्ला देखेर भन्नुभयो— कृष्ण, तिमी हल्ला नगरी शान्तिसँग बस त ।
श्रीकृष्णले भन्यो— आज शान्ति आएकी छैन, राधासँग बस्छु हुन्न सर ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












