१. वंश, बुद्धि, सुन्दरता र तपस्याको अहङ्कार व्यर्थ छ । राम्रो काम गरे राम्रो नतिजा निस्कन्छ भने नराम्रो काम गरे नराम्रो नतिजा निस्कन्छ ।
२. साधुले कत्ति पनि सङ्ग्रह नगरोस् । पंक्षी झैँ सङ्ग्रहबाट निरपेक्ष रहँदै केवल संयमोपकरणका साथ चलोस् ।
३. जसरी अध्यात्ममा शास्त्रमा मुच्र्छालाई नै परिग्रह भनिएको छ, त्यसैगरी त्यसमा प्रमादलाई हिंसा भनिएको छ ।
४. कठोर एवम् प्राणीलाई घात गर्ने, चोट पु¥याउने भाषा पनि नबोल्नु । त्यस्तो सत्य वचन पनि नबोल्नु जसबाट पापको बन्धन हुन्छ ।
५. यतनाचारपूर्वक विवेक वा उपयोग हिँड्ने, बस्ने, रहने, सुत्ने, खाने र बोल्ने गर्नाले साधुलाई पापकर्मको बन्धन हुँदैन ।
६. हिँड्दा पनि सावधान रहनुपर्दछ, नाना प्रकारका जीवजन्तु, पशुपंक्षी आदि चाराका निम्ति बाटोमा जम्मा भएका भएमा तिनको नजिक जानु हुँदैन, ताकि तिनीहरु नडराऊन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













