• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मध्यपहाडी लोकमार्ग: याम्दी–हरिचोक खण्डमा धुलो, हिलोको सास्ती

by
२० जेष्ठ २०८०,
0
मध्यपहाडी लोकमार्ग: याम्दी–हरिचोक खण्डमा धुलो, हिलोको सास्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अन्नपूर्ण । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको याम्दी–हरिचोक सडक निर्माण सुरु भएको १० महिना हुँदा पनि निर्माण सम्पन्न भएको छैन ।

उक्त सडकखण्डमा कालोपत्र नहुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण स्थानीयलाई आवागमनमा समस्या भएको छ । धुलो र हिलोका कारण यात्रु र सवारी चालकले सास्ती भोग्दै आएका छन् । सडकको धुलोका कारण स्वास्थ्यमा समस्या परेको स्थानीय प्रतीक्षा पौडेलले बताइन् ।

“यहाँ काम गर्न थालेको एक वर्ष हुन लाग्यो केही प्रगति भएको देखिएको छैन्”, उनले भनिन् , “यही धुलोले होला छाती दुख्ने, मुख सुक्खा हुने अनि श्वास फेर्नै गाह्रो हुन्छ ।”

धुलो कम गर्नका लागि एक पटक पानी हाले पनि दिनभर उही समस्या भोग्नुपर्ने उनको भनाइ थियो । पौडेलका अनुसार अस्तव्यस्त सडकका कारण दिनहुँ यहाँ सवारी दुर्घटनाको जोखिम बढेको छ। सडकको यो अवस्थाका कारण आफ्नो व्यापार पनि घटेको उनको गुनासो थियो ।

उनले बाटो साँघुरो भएकाले यस खण्डको जौबारी, सिम्पानी, हरिचोक क्षेत्रमा सवारी जामको समस्या पनि बढेको बताइन् । यस क्षेत्रका स्थानीयवासीसँगै यात्रु र चालक दिनहुँ धुलो, हिलोको समस्यामा भोग्न बाध्य छन् । दिनहुँ हुने यस्ता समस्या र गुनासो लिएर स्थानीय जिल्ला प्रशासन कार्यालयमा पुगेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहितको टोली बिहीबार उक्त सडकखण्डको अवलोकनका लागि पुग्नुभएको थियो । अनुगमन टोलीमा आयोजना प्रमुख कल्पना अधिकारी पनि सहभागी थिए ।

अवलोकनका क्रममा काम मन्द गतिमा अघि बढेको भेटिएको कास्कीका प्रजिअ घिमिरेले बताए । कामले तीव्रता नपाउँदा यस क्षेत्रका स्थानीयले सास्ती भोग्न बाध्य भएका उनको भनाइ थियो । “यो रुट हुँदै पर्वत, बागलुङ, मुस्ताङ जाने यात्रु तथा सवारीसाधन चालकले यो खण्डमा समस्या छ भन्ने गुनासो गरेपछि हामी निरीक्षणमा निस्किएका हौँ”, प्रजिअ घिमिरेले भने, “यहाँ आउँदा काम त भइरहेको तर जुन रुपमा हुनुपर्ने त्यो नभएको पाइयो ।”

जनताका समस्या समाधान हुने गरी आयोजनाको काम द्रुत गतिमा अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिएको प्रजिअ घिमिरेले जानकारी दिए । “यो कार्य जतिसक्दो चाँडो अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिइसकेको छु”, उनले भने, “निर्माण कम्पनीका प्रमुखलाई पनि कार्यालयमा बोलाएको छु । उनलाई पनि कडाइका साथ निर्देशन दिनेछु ।”

मध्यपहाडी लोकमार्ग पर्वत–पोखरा खण्ड आयोजना प्रमुख कल्पना अधिकारीले यो खण्डको कार्य प्रगति सन्तोषजनक नरहेको स्वीकार गरे ।

“अहिले निर्माण कार्य भइरहेको भए पनि प्रगति त्यति सन्तोषजनक छैन्”, उनले भने, “बिजुलीका पोललगायत कारणले केही विवाद त थियो । यसमा हामीले पत्राचार गरिसकेका छौँ । काममा ढिलाइ भएपछि निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा पनि सोचेजस्तो प्रगति भएको छैन ।”

चार लेनमा निर्माण थालिएको उक्त सडक खण्डको निर्माणको जिम्मा काठमाडौँ महाराजगञ्जस्थित मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले गरिरहेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।

“१० महिनामा २० प्रतिशतको हाराहारीमा मात्रै काम सकिएको छ”, उनले भने। अधिकारीका अनुसार दुई वर्षमा सक्ने गरी निर्माणको जिम्मा पाएकामा गत साउन १५ गतेदेखि निर्माण सुरु गरिएको थियो । कूल दुई हजार दुई सय चार मिटर लम्बाइको उक्त सडक खण्ड २५ मिटर फराकिलो बन्नेछ ।

सडकको बीचमा एक मिटरको डिभाइडर तथा सडक छेउमा डेढ मिटरमा नाला निर्माण हुने निर्माण कम्पनीले जनाएको छ ।

Previous Post

लमजुङ कारागारबाट फरार दुवै जना पक्राउ

Next Post

झुलाघाटमा मोटरेबल पुल निर्माण हुने भएपछि बैतडीमा खुसियाली

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
झुलाघाटमा मोटरेबल पुल निर्माण हुने भएपछि बैतडीमा खुसियाली

झुलाघाटमा मोटरेबल पुल निर्माण हुने भएपछि बैतडीमा खुसियाली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In