• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

झुलाघाटमा मोटरेबल पुल निर्माण हुने भएपछि बैतडीमा खुसियाली

by
२० जेष्ठ २०८०,
0
झुलाघाटमा मोटरेबल पुल निर्माण हुने भएपछि बैतडीमा खुसियाली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल निर्माण हुने आशा पलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नयाँदिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माण गरिने बताएपछि यहाँका नागरिकमा आशा पलाएको हो ।

नेपालको सुदूरपश्चिम क्षेत्रको कनेक्टीभिटीलाई बढाउन बैतडीको झुलाघाट र डडेल्धुराको शीर्षमा मोटरेबल पुल निर्माण हुने भारतीय प्रधानमन्त्री मोदीले बताएका थिए । भारतीय प्रधानमन्त्री मोदीले झुलाघाटमा मोटरेबल पुल बनाउने कुरा बताएपछि यहाँका नागरिक खुसी भएका छन् ।

वर्षौँ पुरानो जीर्ण बनेको झोलुङ्गे पुलबाट जोखिमपूर्ण आवतजावत गर्न बाध्य यस क्षेत्रका नागरिक मोटरेबल पुल बनाउने कुरामा भारतीय प्रधानमन्त्री मोदीले गरेपछि खुसियाली छाएको छ । यहाँ मोटरेबल पुल बनेपछि दुवै देशको आर्थिक गतिविधिमा टेवा पुग्ने उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खिमानन्द भट्टले बताए । उनले भने, ‘आफूहरुले लामो समयदेखि उठाउँदै आएको माग पूरा हुने आशा पलाएको छ । यो निकै खुसीको कुरा पनि हो । मोटरेबल पुल निर्माण भएमा दुवै देशमा आर्थिक गतिविधिमा वृद्धि पनि हुन्छ ।’

मोटरेबल पुल निर्माणपछि आर्थिक वृद्धिका साथसाथै धार्मिक पर्यटन भित्र्याउन पनि सहज हुने सङ्घका उपाध्यक्ष भट्टको भनाइ छ । उनले भने, ‘यसअघि सीमा क्षेत्रमा मोटरेबल पुल नहुँदा पर्यटक भित्र्याउन असहज हुने गरेकामा पुल निर्माण भएमा भारतीय दर्शनार्थीलाई नेपालका धामको दर्शन गर्न सहज हुनेछ ।’

बैतडीमा त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली भगवती, रौलाकेदार, दोगडाधाम, ग्वाल्लेककेदार, पतालभुवनेश्वर धामलगायत धार्मिक तथा पर्यटकीयस्थल छन् । पुल निर्माणपछि यस क्षेत्रमा पर्यटकीय चहलपहल हुने स्थानीय महेशदत्त भट्टले बताए । उनले भने, ‘मोटरेबल पुल निर्माणपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने विश्वास छ ।’

नाकामा मोटरेबल पुल निर्माण भएमा बैतडी मात्रै नभएर सुदूरपश्चिम क्षेत्रको आर्थिक गतिविधिमा सुधार आउने र दुई देशका व्यापारिक सम्बन्ध पनि विस्तार हुने विश्वास गरिएको छ ।

पुल निर्माण भएमा दुवै देशका सीमावर्ती क्षेत्रका नागरिकका बीच पारिवारिक र सामाजिक सम्बन्ध पनि बलियो हुने दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले बताए । उनले भने, ‘भारतसँग रोटीबेटीको सम्बन्ध रहँदै आएकामा पुल निर्माणपछि यो सम्बन्ध अझै प्रगाढ हुनेछ ।’

मोटरेबल पुल बन्ने कुरा छिट्टै कार्यान्वयनमा आउनुपर्नेमा जोड दिइएको छ । झुलाघाट नाकामा अहिले झन्डै सयौँ वर्ष पुरानो झोलुङ्गे पुलबाट आवतजावत भइरहेको छ । उक्त नाकामा मोटरेबल पुल निर्माणका लागि सन् २००६ देखि नै चर्चा सुरु गरिए पनि बल्ल आएर पुल निर्माणको काम अघि बढ्ने सङ्केत देखिएको हो ।

झोलुङ्गे पुल रहेको क्षेत्रमा एक सय पाँच मिटर लामो मोटरेबल पुल बनाउने योजना रहेकामा पञ्चेश्वर परियोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै काम अगाडि बढ्न सकेको थिएन । झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको माग गर्दै यहाँ एक महिनासम्म अनशन गरिनुका साथै बैतडी उद्योग वाणिज्य सङ¬्घले सरकारलाई हस्ताक्षरसमेत बुझाएको थियो ।

जिल्ला भ्रमण गर्ने नेपालका शीर्ष नेताहरुले पनि झुलाघाट नाकामा पुल बनाउन पहल गर्ने बताउँदै आएका थिए । गत मङ्सिरमा सम्पन्न निर्वाचनमा समेत यहाँका प्रमुख राजनीतिक दलले झुलाघाटमा मोटरेबल पुल निर्माणको कुरालाई आफ्नो चुनावी एजेण्डामा राखेका थिए ।

Previous Post

मध्यपहाडी लोकमार्ग: याम्दी–हरिचोक खण्डमा धुलो, हिलोको सास्ती

Next Post

नेपाली चलचित्र ‘परस्त्री’ हिन्दी भाषामा पनि

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
नेपाली चलचित्र ‘परस्त्री’ हिन्दी भाषामा पनि

नेपाली चलचित्र ‘परस्त्री’ हिन्दी भाषामा पनि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In