१. हामी सबैले यदि वीर वृत्तिलाई धारण गरेर, दृढ अन्तस्करणका साथ पूर्ण प्रामाणिकतालाई अपनाएर कर्मक्षेत्रमा हाम फाल्यौँ भने त पच्चीस वर्षभित्रै सम्पूर्ण समस्याको समाधान हुनेछ र त्यस्तो कुनै प्रश्न बाँकी रहने छैन, जसका लागि संघर्ष गर्नुपरोस् । तब सम्पूर्ण भारत फेरि एकपटक आर्यत्वबाट परिपूर्ण हुनेछ ।
२. कुनै देशका नागरिकमा जबसम्म राष्ट्रका लागि बलिदान हुने प्रेरणा हुँदैन तबसम्म त्यस देशको विकास हुँदैन ।
३. शक्ति नै एक मात्र आवश्यक वस्तु हो । शक्ति नै भवरोगको एकमात्र ओखती हो । धनीद्वारा दाइँ हालिने निर्धनका लागि शक्ति नै एकमात्र उपचार हो । विद्वानद्वारा थिचिएका अज्ञजनका लागि शक्ति नै एकमात्र मलम हो र अन्य पापीद्वारा सताइएका निरीहका लागि पनि शक्ति नै एकमात्र जीवनाधार हो ।
४. दुःखभोगको एकमात्र कारण हो दुर्बलता । हामी दुःखी हुन्छौँ । किनकि हामी दुर्बल छौँ, झुटो बोल्छौ, चोरी गर्छाैं, हत्या गर्छाैं, अनेकन अपराधमा हात हालेका हुन्छौँ किन ? यस कारण किन हामी दुर्बल छौँ । हामी दुःख भोग्छौँ किनकि हामी दुर्बल छौँ । हामी मरेर जान्छौँ किनकि हामी दुर्बल छौँ । यहाँ हामीलाई दुर्बल बनाउने कुनै तत्व छैन, त्यहाँ न मृत्यु छ न दुःख ।
५. बल नै जीवन हो, दुर्बलता नै मृत्यु हो । बल नै परम आनन्द हो, शाश्वत र अमर जीवन हो । दुर्बलता निरन्तर भार स्वरुप हो । दुःखस्वरुप हो, दुर्बलता नै मृत्यु हो । तसर्थ बाल्यावस्थादेखि नै तिम्रो मस्तिष्कमा रचनात्मक, बलप्रद र सहायक विचार प्रवेश गरुन् ।
६. यो संसार कायरका लागि होइन । भाग्ने प्रयत्न नगर । सफलता र असफलताको वास्ता पनि नगर ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













