जर्मनीमा एउटा अनौठो घर रहेको छ । यो घरको पूरै छत जमिनमा टेकिएको छ भने जमिनमा हुनुपर्ने भुइँतला आकाशतर्फ फर्किएको छ । यस घरको चर्पीबाहेक अन्य भान्छाकोठा, बाथरुम, बेडरुम आदि सबै उल्टा छन् । यो घर छतले टेकेर जमिनमाथि उभिनुमा फलामका विशेष पिल्लर र बिमहरुको प्रयोगले महत्वपूर्ण भूमिका खेलेको छ ।
जर्मनीको गेयर्फ सहरस्थित चिडियाघरको मैदानमा स्थापित यो घर स्थानीय कारपेन्टर गेरहार्डको टोलीले बनाएको हो । यो उल्टो घर सबैका लागि अनौठो र आकर्षणको विषय बनेको छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट
सांकेतिक तस्विरः












