कल्पनाको गोरेटो, हिँडी, हिँडी थाकेपछि, यथार्थको सत्यमा बस्नै प¥यो ।
नदीश्च, पर्वता, नारी मृदङ्गाः दूरतः रम्याः
सज्जनः उपवन स्तथा मित्रः निकटेन नशोभते ।
इच्छा गर्नु पुनः त्यसको सम्पादनका लागि अनेक सुख दुःख सहनु, इच्छाको स्वभाव सम्झेर हिमदर्शिनी इष्ट हृदयमा समग्र स्मृतिलाई विलय गर्ने तत्पर आउने क्षमताबाट मात्रै स्थिरता, सम्यकता आउँछ भन्ने सद्भाव छ ।
प्रकृतिको लाभ, धर्मको कार्य धेरैजसो एकान्त अनुभव गर्दा हुन्छ, केही नदिएर केही लिन सम्भव छैन । जीवन स्वयं नित्य रहस्य हो ।
बाहिरको सबै कुतूहल यात्रा, आफ्नो अरूको मनराख्नु चिन्तामात्र बटुल्नु हो, कहीँ केही छैन, सबै बिर्सेर, त्याग गरेर, अकिञ्चन भएर एक्लै विश्राम गर्न सक्षम हुनुप¥यो । प्राणचिन्तन र योग्य सत्सङ्ग सिवाय सबै द्वैतको पूर्णाहुति गर्नुपर्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट












