१. धेरै दिनसम्म दैवी गुणहरुको अभ्यास गरेमा वा प्रभुलाई प्रार्थना गरेमा पनि खराब मित्रहरु पन्छिएर जान्छन् ।
२. बाहिरको सरलता भनेको खाने पिउने, लुगाफाटोमा र आफूलाई चाहिने सरसामानहरुमा सरलता ल्याउनु हो । भित्री सरलता भनेको इच्छा–राग–द्वेष हटाउने र प्रभु एवम् प्रभुको बारेमा मात्रै विचार गर्नु हो ।
३. अरुको दोषले गर्दा आफू असफल भएको भन्नु आत्मज्ञान भएन आफ्नो दोषले असफल भएको हुँ भनी स्वीकार्नु आत्मज्ञान भएको हो ।
४. गर्न नहुने काम गर्ने वा गर्नुपर्ने काम नगर्ने यी दुईबाट आउने पापको कुनै प्रायाश्चित हुँदैन अरु सबै पापको प्रायश्चित हुन्छ ।
५. असल मानिस हुनु खराब, खराब मानिस हुनु झन् खराब । ठीक मानिस हुनुपर्दछ ।
६. जबसम्म बालक खेलिरहन्छ, तबसम्म उसकी आमा ऊकहाँ जाँदिनन्, रोएपछि मात्र जान्छिन् । त्यसैगरी प्रभुको लागि नरोएसम्म प्रभु आउनुहुन्न ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट












