१. सर्वप्रथम आरोहण गरिएको हिमाल कुन हो ?
– अन्नपूर्ण
२. त्रिशुली र तादी नदीको संगम स्थललाई के भनिन्छ ?
– मोहन तीर्थ (देवीघाट)
३. कुलेखानी जलविद्युत आयोजना कुन जिल्लामा सञ्चालित छ ?
– मकवानपुर
४. पुमोरी हिमाल कुन हिमशृंखलामा पर्दछ ?
– महालङ्गुर
५. इम्जा हिमताल कुन जिल्लामा पर्दछ ?
– सोलुखुम्बु
६. नेपालमा पाइने वनलाई कति भागमा विभाजन गरिएको छ ?
— ५
७. अरुण नदीको उत्पत्ति कहाँबाट भएको हो ?
— तिब्बत
८. अन्नपूर्ण संरक्षणक्षेत्र कति क्षेत्रफलमा फैलिएको छ ?
– ७६२९ वर्ग कि.मि.
९. नेपालमा कतिवटा राष्ट्रिय निकुञ्ज छन् ?
– १२
१०. शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कुन जिल्लामा रहेको छ ?
– कञ्चनपुर ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट












