राजुः तिम्रा कति जना बच्चा छन् ?
रामुः १८ जना ।
राजुः ओहो यति धेरै ?
रामुः मैले बिहे गर्ने बेलामा ससुरालाई बचन दिएको थिएँ— म तपाईंकी छोरीको पेट कहिल्यै खालि राख्दिनँ भनेर । त्यसैले वचन पूरा गरेको ।
त्यही मेसिनसँग
एउटा साथी अर्काे साथीसँगः यार तिमीले झुठ समात्ने मेशिन देखेको छौ ?
अर्काे साथीः देखेको मात्र हैन मेरो घरमा नै छ ।
साथीः हो र ?
अर्काे साथीः हो नि मैले त्यही मेसिनसँग त बिहे गरेको छु ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













