काठामडौं । नेपाल बैंकर्स संघको बैठकले जेठदेखि लागू हुने गरेर कर्जाको ब्याज घटाउने निर्णय गरेको छ । बिहिबार बसेको नेपाल बैंकर्स संघको बैठमा जेठदेखि कर्जाको ब्याज घटाउने सहमति भएको हो ।
विषेशगरी २ वटा कारणले गर्दा कर्जाको ब्याज घट्ने अवस्था आएको बैकमा उपस्थित एक अधिकारीले बताए । उनका अनुसार वैशाखदेखि लागू भइसकेको निक्षेपको ब्याज घटेको कारण र स्प्रेडदर घटाउँदै लग्नुपर्ने व्यवस्थाका कारण समेत ब्याज घट्ने भएको छ ।
बैंकर्स संघले वैशाखदेखि लागू हुने गरेर निक्षेपको ब्याज एकल अङ्कमा झारेको थियो । वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ९।९९ प्रतिशत र मुद्दती निक्षेपको ब्याज ७।९९ प्रतिशतमा झारेको थियो । तर आगामी जेष्ठ महिनादेखि कति अंकले व्याजदर घट्ने भन्ने वारे सार्वजनिक गरिएको छैन् ।












