• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रधानमन्त्री कार्यालयमा नै नक्कली प्रतिवेदन

by
२९ बैशाख २०८०,
0
अत्यावश्यक सरकारी कार्यालय बिदामा खोल्ने तयारी

????????????????????????????????????

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि विगतमा गृह मन्त्रालयमा नेतृत्व सम्हालेका अन्य व्यक्तिमाथि समेत अनुसन्धान सोझिने देखिएको छ।

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, प्रहरीले यति ठूलो प्रकरण बाहिर ल्याउने आँट कसरी गर्‍यो र लेनदेनका गोप्य कागजपत्र कसरी फेला पार्‍यो भन्ने कौतुहलता आमरूपमा देखिएको छ। संगठित गिरोहको प्रभावमा भएको यो घटनाको पर्दाफास भने एक रोचक घटनासँग जोडिएको छ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहको योजनाअनुरूप २०७६ वैशाखमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा कार्यदल गठन भएको थियो। ​पूर्वसहसचिव बालकृष्ण पन्थी संयोजक तथा गणेशबहादुर केसी विज्ञ र दीपकप्रसाद न्यौपाने सदस्य सचिव रहेको कार्यदलले झापा, मोरङलगायतका जिल्ला पुगेर तेस्रो मुलुक जान छुटेका शरणार्थीको पुनः प्रमाणीकरण गर्‍यो।

कार्यदलले तयार पारेको प्रतिवेदन तत्कालीन गृहमन्त्री थापालाई बुझाइयो। सो प्रतिवेदन हालसम्म गोप्य छ। नक्कली भुटानी शरणार्थी बनी अमेरिका जान पर्खेका पीडितले ठगिएको भन्दै काठमाडौँ प्रहरीमा उजुरी दिएपछि मात्र गृह मन्त्रालयबाटै कुनै गलत काम भएको सूचना पाएको प्रहरीले निकै चलाखीपूर्ण रूपमा अनुसन्धान सुरु गर्‍यो।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार गृह मन्त्रालयले अति गोप्य रूपमा राखेको प्रतिवेदन झिकाएर अनुसन्धान गर्न खोज्नु प्रहरीका लागि आफैँमा चुनौतीपूर्ण काम थियो। प्रहरी परिसर काठमाडौंले प्रहरी प्रधान कार्यालयमार्फत पत्र लेखेर प्रतिवेदन झिकायो। प्रहरीले विशेष स्रोत परिचालन गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको प्रतिवेदन फेला पार्यो तर त्यो नै नक्कली पाइएपछि मात्र प्रहरी अनुसन्धानले नयाँ मोड लिएको हो।

गृह मन्त्रालयबाट प्राप्त प्रतिवेदन सामान्य प्रकृतिको रहेकाले प्रहरीलाई चुरो कुरो पत्ता लगाउन कठिन भयो तर सो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगिसकेको जानकारी प्रहरीले पायो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा पुगेको प्रतिवेदन न प्रहरी परिसरले झिकाएर आउने अवस्था थियो न त प्रहरी मुख्यालयले पत्र लेखेर झिकाउने अवस्था नै रह्यो।

प्रहरीले विशेष स्रोत परिचालन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रतिवेदन फेला पार्‍यो तर त्यो नै नक्कली पाइएपछि मात्र प्रहरी अनुसन्धानले नयाँ मोड लिएको उच्च अधिकारीको दाबी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रहरीले फेला पारेको प्रतिवेदनमा किर्ते गरी अनुसूची थप गरी नक्कली भुटानी शरणार्थी भनी ४२९ जना नेपालीको नाम थपेको पाइएको छ।

यो प्रतिवेदन तत्कालीन गृहमन्त्री रामबहादुर थापा वा बालकृष्ण खाण कसको समयमा मन्त्रिपरिषदमा पठाइयो भन्ने खुलेको छैन। यो विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको बुझिएको छ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

बिचौलियाको हातमा कसरी पुग्यो प्रतिवेदन ?

सम्बन्धित खबर

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य फेरि बढ्यो

१५ चैत्र २०८२,
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
जीवन शैली

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

१५ चैत्र २०८२,
आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

१५ चैत्र २०८२,
पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
Load More
Next Post
निर्वाचन बिथोल्न २३ समूह सक्रिय भएको गृहको निष्कर्ष

बिचौलियाको हातमा कसरी पुग्यो प्रतिवेदन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In