• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

    गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

    मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

    मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसबाट सस्तोमा तेल पाए पनि सुख छैन पाकिस्तानलाई

by
२८ बैशाख २०८०,
0
रुसबाट सस्तोमा तेल पाए पनि सुख छैन पाकिस्तानलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पाकिस्तानले यो महीनादेखि रुसबाट सस्तोमा कच्चा तेल पाउने आशा गरिएको छ । रुसबाट पाकिस्तानले अपेक्षाअनुरूप कच्चा तेल ल्याउन सके अहिले नगदको चरम अभाव निकै हदसम्म मत्थर हुने छ । पाकिस्तानले रुसी तेलका लागि किन्न गत अप्रिलमा अर्डर दिएको थियो । आयातित तेल शुरुमा सरकारी स्वामित्वको पाकिस्तान रिफाइनरीले प्रशोधन गर्नेछ ।

पाकिस्तानको अपेक्षाअनुरूप रुसबाट सहजरूपमा तेल आयात भएको अवस्थामा पछि तेल आयात बढाउने उसको योजना छ । अन्तरराष्ट्रिय समाचार संस्थाका अनुसार उसले रुसबाट दैनिक १ लाख ब्यारेलसम्म तेल आयात गर्नेछ । तेल कतिमा किन्न लागिएको भनेर सरकारले केही नबताएको भए पनि पाकिस्तानले प्रतिब्यारेल ५० डलरमा किन्न खोजिरहेको बुझिएको छ । अहिले पाकिस्तानले साउदी अरबसँग साउदी बेञ्चमार्क अरब लाइट आयल किनिरहेको छ । साउदीले यो बेञ्चमार्क ब्यारेलकै ८४ डलर ७५ सेन्टमा बेचिरहेको छ ।

पाकिस्तानले उसले सोचेकै मूल्यमा रुससँग तेल पाउनेमा भने विज्ञहरूले शंका गरिरहेका छन् । तर, सस्तो मूल्यमा तेल पाए उसलाई निकै ठूलो राहत हुनेछ । आर्थिक वर्ष २०२२ मा सबै खाले पेट्रोलियम प्रडक्टका लागि पाकिस्तानले १८ अर्ब ७४ करोड डलर तिरेको स्टेट बैंक अफ पाकिस्तान ९क्द्यए० को तथ्यांकले देखाएको छ ।

रुसले पाकिस्तानले आशा गरेजस्तै सस्तोमा तेल दिए पनि ऊसामु अनेक समस्या आउने विश्लेषण गरिएको छ । पहिलो जोखिम अमेरिकाले तोकेको मूल्यभन्दा बढीमा रुसी तेल किन्यो भने उसले अमेरिकाको विरोध खेप्नु पर्नेछ । अमेरिका र यूरोपेली देशहरूले रुसी कच्चा तेलको मूल्य ६० डलरमा बिर्को लगाइदिएका छन् ।

दोस्रो चुनौती प्रशोधनको हुनेछ । पाकिस्तानको प्रशोधन क्षमता सीमित छ । तेल प्रशोधन गर्न ब्यारेलकै २ देखि ५ डलर खर्च लाग्नेछ । रुसी कच्चा तेलबाट डिजेलभन्दा धेरै फर्नेस आयल निस्कन्छ । पाकिस्तानको डिजेल खपत कूल इन्धनको ३९ प्रतिशत छ भने फर्नेस आयल खपत १५ प्रतिशत मात्रै छ । यसको अर्थ पाकिस्तानलाई चाहिनेभन्दा धेरै फर्नेस आयल निस्कनेछ ।

पाकिस्तानले उब्रिएको फर्नेस तेल बजारमा चलेको मूल्यभन्दा सस्तोमा बेचेर अतिरिक्त आम्दानी गर्न सक्छ । यसले प्रशोधनको खर्चको केही भए पनि भर्पाई हुन सक्छ । अर्को चुनौती रुसले रुसी रुबल, चिनियाँ रन्मिन्पी वा संयुक्त अरब इमिरेट्सको दिराममा भुक्तानी मागिरहेको छ । पाकिस्तानसँग यी तीनओटै मुद्रा अहिले छैन ।

भुक्तानीको माध्यमबारे रुस र पाकिस्तानबीच खासै सहमति भएको छैन । बंगलादेशले भने हालै रुसलाई रन्मिन्पीमा भुक्तानी गर्ने निर्णय गरेको थियो । उसले केही भए पनि रन्मिन्पी थुपारेर राखेको थियो । तर, पाकिस्तानसँग केही नै छैन । रुसले ऋण वा उधारोमा तेल देला भन्ने आश पाकिस्तानको भएको बुझिएको छ । तर, रुसले के गर्छ भन्ने निर्क्यौल भइसकेको छैन ।

अहिले पाकिस्तानलाई थप आर्थिक सहायता, कर्जा चाहिएको छ । यस्तोमा ऊ पश्चिमी देशहरूलाई चिढाउने अवस्थामा छैन । अहिलेको तेल आयात परीक्षण मात्रै हो । यसले काम गर्छ भन्नेमा सरकारलाई पनि पूरै यकिन छैन । रुससँगको व्यवस्था अति नै जटिल बन्यो भने उसले तेल खरिदको योजना त्याग्न पनि सक्छ । एजेन्सी

Previous Post

खाणसँगको सम्बन्ध खोज्दै प्रहरी

Next Post

मौसम पूर्वानुमानः गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिक बदली

सम्बन्धित खबर

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन
समाचार

खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

१६ चैत्र २०८२,
गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’
समाचार

गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

१६ चैत्र २०८२,
मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो
समाचार

मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

१६ चैत्र २०८२,
Load More
Next Post
मनसुन आजबाट क्रमशः बाहिरिँदै, अब वर्षाको सम्भावना कम

मौसम पूर्वानुमानः गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिक बदली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In