• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाँचबुँदे घोषणापत्र जारी गर्दै सकियो पोखरा ताल सम्मेलन

by
२३ बैशाख २०८०,
0
पाँचबुँदे घोषणापत्र जारी गर्दै सकियो पोखरा ताल सम्मेलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको तीन दिने तालसम्मेलन प्रतिबद्धतासहितको पाँचबुँदे घोषणा जारी गर्दै सकिएको छ । तीन दिनसम्म जारी सम्मेलनले पोखरा उपत्यकाको नौ तालको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गर्दै अनुसन्धानकर्ता, सरकारी नीति निर्माता, ताल व्यवस्थापन समितिका सदस्य र समुदायका सदस्यलाई एकै ठाउँमा ल्याएर कार्य गर्ने उद्देश्यअनुरुपमा विभिन्न विषयविज्ञको प्रस्तुतिबाट प्रतिबद्धतासहितको घोषणापत्र जारी गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवम कार्यक्रमका संयोजक डा कल्पनादेवी देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि व्यवस्थापक कानुन व्यवसायी, पत्रकार तथा विद्यार्थी, व्यवस्थापन र तालसँग सम्बन्धित नीति र अवस्थाका बारेमा करिब २० वटा प्रस्तुति राखिएको थियो ।

योसँगै पोखरास्थित विभिन्न पाँचवटा ताल भ्रमणसँगै त्यहाँका ताल प्रबन्धकबाट लक्ष्य चुनौती र सफलताका कथा बुझ्ने प्रयास गरिएको थियो । सम्मेलनबाट पहिचान गरी जारी गरिएको घोषणामा पोखरा उपत्यका तालको उच्च प्राकृतिक मूल्य, वनस्पति र जनावरको अधिक सङ्ख्या र पारिस्थितिकीय सेवाको महत्व, पोखरा उपत्यका अर्थतन्त्र र स्थानीय जनताको जीविकोपार्जनका लागि तालको महत्व, विगतका प्रयासको अघिल्लो दशकको तुलनामा तालको पारिस्थितिकीय अवस्थामा ह्रास आएको घोषणापत्रमा उल्लेख छ । साथै स्थानीय समुदायको आर्थिक आवश्यकता पूरा गर्दैै पारिस्थितिकीय अवस्था कायम राख्न स्थानीय समुदाय, सरकारी अधिकारीहरु र प्राविधिक विज्ञबीच घनिभूत सहकार्य आवश्यकता रहेको तथा यी समुहहरु मध्ये एक पक्षसँग मात्र ताललाई व्यवस्थापन गर्ने स्रोत ज्ञान वा क्षमता नभएको लगायतका विषयमा घोषणापत्रमा उल्लेख छ ।

योसँगै सम्मेलनबाट बुद्धिमतापूर्ण प्रयोगको सिद्धान्तका आधारमा पोखरा उपत्यकामा रहेका तालको संरक्षण गर्ने, तालको पुनःस्थापना र दिगो विकासको लागि स्रोत र ज्ञानहरु आदान–प्रदान गर्न जुटाउने र सम्बद्ध सरोकारवालाबीचको आपसी सहकार्यका आधारमा प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जाने, पोखरा ताल मन्चलाई पोखरा उपत्यकामा रहेका तालको संरक्षण र दिगो विकासको लागि आवश्यक ज्ञान, अभ्यास, प्राविधिक विशेषता र आर्थिक स्रोत सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । सम्मेलनमा वनविज्ञान अध्ययनसंस्थान पोखरा क्याम्पस, पोखरा तथा काठमाडौँ विश्व विद्यालयले पनि समन्वय गरेको थियो । सम्मेलनबाट पोखरा ताल मञ्च सञ्चालनका लागि पूर्ण कुँवरको संयोजकत्वमा मस्यौदा तयारी सात सदस्यीय कार्यदलसमेत बनाएको छ । सम्मेलनको समापन समारोहमा वन विज्ञान अध्ययन संस्थानका डिन प्राध्यापक वीरबहादुर खनाल, उद्योग पर्यटन तथा वातावरण मन्त्रालयका गण्डकी प्रदेका सचिव विशाल घिमिरे, ताल प्राधिकरणका उपाध्यक्ष नवराज ओझालगायतले सम्मेलनका सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सम्मेलनको उदघाटन सत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक सम्पदा ताल तलैयाको संरक्षणसँगै त्यसलाई आयआर्जनको स्रोतको रुपमा विकास गरेर जीविकोपर्जनसँग जोडेर लैजानुपर्ने जोड दिनुभएको थियो ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

मध्यपूर्वकी नेपाली मोडल चाँदनी

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
मध्यपूर्वकी नेपाली मोडल चाँदनी

मध्यपूर्वकी नेपाली मोडल चाँदनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In