वास्तुशास्त्र अनुसार अध्ययन कक्षको व्यवस्थापन यसरी गर्न सकिन्छ
वास्तुशास्त्र अनुसार हामी कस्तो ठाउँमा बसेर अध्ययन गर्छाैं ? त्यस ठाउँ वा कक्षामा प्रयोग हुने रङ्ग, पढ्ने टेवल, हाम्रो बस्ने दिशा आदिले पनि अध्ययनमा प्रभाव पार्छ । अध्ययनमा व्यवस्थित, लगनशिल र तीक्ष्ण बन्नका लागि अध्ययन कक्षलाई व्यवस्थापन गर्न आवश्यक हुन्छ । तसर्थ वास्तु शास्त्रका अनुसार अध्ययन कक्षको व्यवस्थापन कसरी गर्न सकिन्छ त !
१. अध्ययन कक्षका लागि उपर्युक्त दिशा ईशान (पूर्व–उत्तर) दिशा श्रेष्ठ हुन्छ । यी दिशाहरु एकाग्रता बढाउने दिशा मानिन्छ ।
२. अध्ययन गर्ने टेबल आकारमा वर्गाकार या आयातकार हुनुपर्छ । टेबुलको आकार धेरै ठूलो अथवा धेरै सानो पनि हुनुहुँदैन । टेबल पुस्तकहरु वा अन्य सामग्रीले भरिएको हुनुहँुदैन ।
३. अध्ययन कक्षका भित्ताको रंग हल्का निलो, घिउ रंग, सेतो या हल्का हरियो राख्न सकिन्छ ।
४. टेबलमा प्रकाश देब्रेपट्टीबाट आउने गरी व्यवस्था गर्नु उचित हुन्छ । अध्ययन कक्षमा नै सुत्ने व्यवस्था हुँदा अझ राम्रो हुन्छ ।
५ . किताबहरु राखिने आलमारी, दराज आदि अध्ययन कक्षको पूर्व, उत्तर अथवा उत्तर–पूर्व दिशामा राखिनुपर्छ । अध्ययन सामग्री कक्षको उत्तर पश्चिम दिशामा नराख्नु नै उचित हुन्छ ।













