• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पृथ्वी राजमार्गमा यात्रुलाई दुई दिन सास्ती

by
१९ बैशाख २०८०,
0
पृथ्वी राजमार्गमा यात्रुलाई दुई दिन सास्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलको मुखमा जमिन भासिनुको एउटै कारण हो ‘लापरबाही’ । सडक आयोजना र हाल सडक विस्तारको काम गरिरहेको निर्माण व्यवसायीको लापरबाहीले १८ घण्टा राजमार्ग ठप्प बनेर सयौँ यात्रुले सास्ती भोग्नुपरेको हो । सोमबार दिउँसो धादिङको धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका वडा नं ८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासियो । आज बिहान १० बजेसम्म सवारी आवागमन ठप्प रह्यो । सयौँ सवारी बाटोमै अलपत्र रोकिए । कति यात्रुले भोकनिन्द्रा भन्न पाएनन् गन्ती छैन । एम्बुलेन्स पनि बाटैमा रोकियो । धार्के बजारका स्थानीय रहेका पत्रकार रामबहादुर ठकुरी (आषिस) भन्नुहुन्छ, “सम्पर्कमा आएका सोध्नेहरु धेरैलाई वैकल्पिक बाटो प्रयोग गर्न सुझाइयो, तर पूर्वपश्चिमका जिल्लाबाट काठमाडौँ आउँदै गरेका सवारीका यात्रुको विचल्ली सहिसक्नु थिएन ।

पानी किन्न नपाउने अवस्थाको दृष्य हेरिसक्नु रहेन । रातिको समयमा सडकमै बास परेका यात्रुको पीडाको बयान गरिसक्नु थिएन ।” पुल छेउको जमिन भासिएर सडक अवरुद्ध बनेको गणेश खोला पुलसँगै सडक आयोजनाले नयाँ पुलको निर्माण कार्य थालेको छ । त्यही नयाँ पुलको फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशनको जगसमेत खोतलियो । पुलको पिल्लरलाई सपोर्ट दिन लगाइएका पर्खालका ढुङ्गाहरु पनि थर्किएर भासिन पुग्यो । वर्षातपछि सडकमा बगेको भल त्यही पस्यो । फाउण्डेशन कमजोर बनिसकेको पुलको मुखको जमिन हेर्दाहेर्दै भासियो । धार्के बजारका स्थानीय जगन्नाथ आचार्य भन्नुहुन्छ, “पुरानो पुल पट्टी बढी नखोतल्नुस् पहिरो जान्छ पछि समस्या आउँछ भनेर कामदार र साइड हेर्ने इञ्जिनियरलाई पटक पटक भन्याँै, हाम्रो कुरा सुन्नै चाहेनन्, अहिले यो अवस्था आयो ।” पुलबाट सवारी आवागमन बन्द भएको सूचना नपाउँदै त्यस क्षेत्रमा पुगेका यात्रुहरुले धार्के बजार आसपासमा थुप्रिए ।

बाटो खुल्ने छाट नदेखेपछि हिँड्न सक्ने र नजिककैको यात्रामा रहेकाले सटकट बाटो हिँडेरै गन्तव्यतर्फ लागे । पूर्वपश्चिमबाट त्यहाँ आइपुगेकाहरु पनि धेरैले नौविसे र खानीखोलासम्म पैदल हिँडेर अर्काे गाडीमा काठमाडौँ पुगे । हिँड्न नसक्ने र टाढाबाट आएका अधिकांशले आआफ्नै गाडीमा रात बिताए । सडक ठप्प भएको सुचना पाएपछि बीच बाटोमा रोकेका र आफै बैकल्पिक बाटो रोजेकाहरुको त गन्ती नै छैन । स्थानीय र जनप्रतिनिधिहरुले पनि एक महिना अघिदेखि नै पुलमा आउन सक्ने संभावित समस्या सडक आयोजना र निर्माण कम्पनीलाई बताएका रहेछन् । तर, उनीहरुले अटेर गरि ढिलासुस्ती गरिदिएकोले समस्या आएको धुनिवेसी नगरपालिका–६ का वडाध्यक्ष रमेश आचार्यले बताउनुभयो ।

“तीन दिनदेखि पुलमा सवारी एकतर्फी थियो, बाटो विस्तारको जिम्मेवारी पाएका सगुन कन्ट्रक्सनलाई पटक पटक अवगत गराएका थियौँ, नमानेर ढिलासुस्ती गरिरह्यो”, वडाध्यक्ष आचायले भन्नुभयो, “ निर्माण व्यवसायीकै लापरबाही र ढिलासुस्तीकै कारण बाटो अवरुद्ध हुन पुग्यो ।” नयाँ पुलको फाउण्डेशन बनाउने क्रममा सावधानी नअपनाए कै कारण समस्या उत्पन्न भएको धेरैको बुझाइ छ । “झट्ट हेर्दा पुरानो पुलको फाण्डेशनभन्दा नयाँ पुलको फाउण्डेशनको गहिराइ बढी भएको र नयाँ पुलको फाउण्डेशन खन्ने क्रममा पुरानो पुल पट्टीको भाग कमजोर बनेकोले वर्षातको भलले माटो बगाएर भासिन पुगेको देखिन्छ”, खानीखोला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बम भन्नुभयो । नागढुङ्गा मुग्लिन सडक आयोजना पूर्वीखण्डका इञ्जिनीयर जयराम अधिकारी भने ठेकेदार र आयोजनाको कमजोरीभन्दा पनि वर्षात्को पानीले भासिएको बताउनुहुन्छ ।

“पहिलाको भन्दा अहिले बन्ने पुलको फाउण्डेशनको गहिराई करिब पाँच मिटर गहिरो छ । त्यसमाथि पुलको उचाइ पनि अग्लो भएकाले स्लोपमा कटिङ गर्नुपर्दा पुरानो पुलको छेउसम्म पुगेको हो, तर क्षति पुगेको छैन”, अधिकारी भन्नुहुन्छ, “वर्षात्को बेला सडकमा बगेको भलले हानेर जमिन भासिएको हो, समाचारमा आएजस्तो पुल नै भासिएको होइन ।” हालको लागि एकतर्फि सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने टरेको छैन । अहिले भासिएको ठाउँमा ग्याविन जाली लगाएर माटोले पुरिएको छ । ठूलो पानी परेर भल चल्यो भने फेरि पनि भासिने र भलले बगाउने जोखिम उत्तिकै छ ।

Previous Post

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीलाई विश्वासको मत प्राप्त

Next Post

नेपाली क्रिकेट टोलीलाई रास्वपाको बधाई

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
नेपाली क्रिकेट टोलीलाई रास्वपाको बधाई

नेपाली क्रिकेट टोलीलाई रास्वपाको बधाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In