• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    यस्तो छ बडा दशैँको टीकाको साइत

    दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कपन घटना : लुटपाटका लागि नीराको हत्या, एक जना पक्राउ

by
१७ बैशाख २०८०,
0
कपन घटना : लुटपाटका लागि नीराको हत्या, एक जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ— काठमाडौंको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ ।

प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११औँ दिनमा आज त्यसको कारणबारे जानकारी गराउँदै लुटपाट गर्ने उद्देश्यले हत्या भएको पाइएको जनाएको छ । यद्यपि थप छानबिनमा अन्य कारण खुल्न सक्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

उनको हत्या गरेको आरोपमा शनिबार झापामा पक्राउ परेका विनोद विकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज सार्वजनिक पनि गरेको छ । उनी झापा मेचीनगर नगरपालिका–१० घर भई भक्तपुर नगरपालिका–१ लोकन्थली डेरा गरी बस्दै आएका थिए ।

उनले आफूले नै हत्या गरेको बयान दिएको सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। उनका अनुसार लुटपाटका क्रममा उनले प्रतिकार गरेपछि भाँडा पसलमै भएको चक्कुले शरीरका विभिन्न ठाउँमा घोचेर हत्या गरेका थिए ।

नीरा एक दशक अघिदेखि काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरस्थित निरू किचेन एण्ड गिफ्ट स्वभिनर सञ्चालन गर्दै आउनुभएको थियो । प्रहरीले दिएको जानकारीअनुसार सुरुमा आरोपी विक क्यासिनोमा काम गर्ने गरेको र पछि काठमाडौंमा बाउन्सरको रूपमा जागिर गरेका थिए । जुवा खेल्ने क्रममा ऋण लागेपछि उनी लुटपाटमा संलग्न भएको र त्यही क्रममा नीराको पसलमा पुगेका थिए ।

घटना घटाएर झण्डै एक हप्ता उनी भक्तपुरको लोकन्थलीमा लुकेर बसेका र त्यसपछि झापा गएका पनि प्रहरीले जनाएको छ । उनले घटना घटाएर नीराको सुनको सिक्री र काउन्टरमा भएको पैसा लिएर गएका थिए । त्यो सिक्री काठमाडौंको तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा धरौटी छाडेर ५५ हजार पैसा लिएर गएको पनि खुलेको छ । हत्याका बेला लगाएको कपडा, जुत्ता तथा झोलासमेत प्रहरीले बरामद गरेको छ ।

उक्त हत्याको अनुसन्धानमा सुरुमा जिल्ला प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरेको थियो । तर त्यो अनुसन्धान निष्कर्षमा पुग्न नसकेपछि सिआइवीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरको समिति गठन गरिएको थियो ।

समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुखसमेत सहभागी थिए ।

हत्याको दिन पसलमा सामान किन्न भनेर उनी पसलमा पसेका थिए । कुरा गर्न खोज्दा अरु मान्छे पनि आएपछि एटिएमबाट पैसा झिकेर आउँछु भनेर निस्किएका सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा बताउँछन् । दोस्रो पटक एक्लै भएको मौका पारेर उनले घटना घटाएका थिए ।

वैशाख ७ गते अपराह्न पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको चक्कुले शरीरका विभिन्न अङ्गमा प्रहार गरी हत्या गरिएको थियो । गम्भीर अवस्थामा फेला पर्नुभएकी उहाँलाई उपचारका लागि शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बागलुङ घर भएकी उनी त्यहाँ भाडामा भाँडा पसल गर्दै आएका थिए । केही मिनेटको दूरीमा रहेको उहाँको कोठाको तल्लो सटरमा श्रीमानको इलेक्ट्रिोनिक्स पसलसमेत रहेको छ ।

त्यसदिन महिला पसलमै एक्लै रहेकी थिइन् । भाँडा पसलको पछाडि काउन्टर थियो । प्राय पसलमा ग्राहक नआएका बेला उहाँ त्यतै बस्थिन्। त्यही बेला उनीमाथि आक्रमण भएको थियो । पछाडि भएकाले वरपर घटनाबारे थाहा हुन सकेन । सिसी क्यामरा नभएकाले प्रहरीलाई अनुसन्धान गर्न समेत हम्मेहम्मे परेको थियो । पछि वरपरका सिसी क्यामरा हेरेर अध्ययन गरिएको थियो ।

घटनापछि एक जना महिला भाँडा किनेको उधारो तिर्न आएकी थिइन् । पसलमा उनी थिइनन् । त्यसपछि नीराको श्रीमानलाई फोन गरेर कोही छैन दोकानमा भनिन् । श्रीमानले पछाडि काउन्टर छ, त्यतै तिर होलिन् भित्र गएर हेर्नु न भनेर जवाफ दिएका थिए ।

भित्र काउन्टर नजिक गएर हेर्दा नीरा रक्ताम्मे भएर ढलिरहेकी देखेपछि उनले नै प्रहरीमा खबर गरेकी थिइन्। घटना भएको केही घण्टाअघि उनले लामखुट्टे नियन्त्रण गर्ने ब्याटको सामाजिक सञ्जालमा प्रचार गरेको पाइएकाले घटनामा पारिवारिक कारण नभएको प्रहरीले यसअघि नै निष्कर्ष निकालेको थियो । यसअघि घटनाका दोषीलाई पत्ता लगाई कारबाही गर्न नसकेको भन्दै स्थानीयले घटनास्थलमा प्रदर्शनसमेत गरेका थिए । रासस

Previous Post

अन्टार्कटिकामा चल्ने प्रयोगशाला

Next Post

नेपाल बार आन्दोलित, अविलम्ब प्रधानन्यायाधीशको नियुक्ति गर्न माग

सम्बन्धित खबर

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल
आर्थिक

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

२० अशोज २०८३,
यस्तो छ बडा दशैँको टीकाको साइत
जीवन शैली

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

२० अशोज २०८३,
सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता
फिचर-ब्यानर

सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

२० अशोज २०८३,
खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
आवाज

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

२० अशोज २०८३,
बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै
आर्थिक

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

२० अशोज २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

२० अशोज २०८३,
Load More
Next Post
नेपाल बार आन्दोलित, अविलम्ब प्रधानन्यायाधीशको नियुक्ति गर्न माग

नेपाल बार आन्दोलित, अविलम्ब प्रधानन्यायाधीशको नियुक्ति गर्न माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In